मेचीनगर, ६ चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका सुरज राई निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार नेविसंघका राईले १५१ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत हेम खड्काले जानकारी दिए ।
उनका प्रतिस्पर्धीहरु संयुक्त अखिल साझा प्यानलका संगम बरालले ८८ र राप्रविसंघका संजोग खनालले १० मत प्राप्त गरेका छन् ।
सचिवमा संयुक्त अखिल साझा प्यानलका एलिस पौडेलले १२९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरु नेविसंघका अंकितप्रसाद चम्लागाईले ९७ मत र राप्रविसंघका सोभियत श्रेष्ठले २१ मत मात्र प्राप्त गरे ।
त्यस्तै कोषाध्यक्षमा नेविसंघकी रीया ढुंगानाले ९५ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धीहरु संयुक्त अखिल साझा प्यानलका सुवास गौतमले ८८ मत र राप्रविसंघका आकाश बहादुर बस्नेतले ५४ मतमा चित्त बुझाउनु पर्यो ।
यसैगरी सदस्यहरूमा समान मत आएकाले गोलाप्रथाद्वारा संयुक्त अखिल साझा प्यानलका इसाक खडिया, मानव ढुंगेल, प्रदिप्ती ढकाल, नेविसंघका निश्चल तामाङ, विज्ञान राई र सन्ध्या कार्की विजयी भएका छन् ।
समानुपातिक तर्फ नेविसंघले ११७, अनेरास्ववियुले ८१, अनेरास्ववियु एसले २३, अनेरास्ववियु (क्रान्तिकारी)ले २१ र राप्रविसंघले ११ मत प्राप्त गरेको निर्वाचन समितिले जनाउको छ ।
क्याम्पसमा कुल ३२४ मतदाता मध्ये २५४ जनाले मत खसाएका थिए ।




Discussion about this post