२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एमालेको जरा अभियानसँगै राजावादी विरुद्ध नयाँ योजना

चैत्र ९, २०८१, ११:३८ .शनिबार
0
0
0
SHARES
213
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ९ चैत । राजावादीहरु सल्बलाउन थालेपछि नेकपा एमालेले जरा अभियानसँगै नयाँ योजनासहितको जनतासँग जाने कार्यक्रमहरु ल्याएका छन् ।

दुलोपसेको राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास विफल बनाउन प्रतिक्रियावादी शक्तिहरुको सामना र प्रतिकार गर्न पार्टीले जनतासँग कार्यक्रमहरु लिएर जाने भएको छ ।

एमाले पार्टीको केन्द्रीय सर्कुलर अनुसार यही चैत ११ गते देशव्यापी अभियान अन्तरगत झापाको १३१ वटै वडामा पञ्चायत र बहुदल आएपछि भएका विकास, सामाजिक र आर्थिक रुपमा कस्तो फरक पाइयो भनेर जनतासँग बुझ्ने, राज्यव्यवस्थाप्रति भएको प्रहारप्रति प्रतिकार गर्ने लगायतका कार्यक्रम रहेको छ ।

त्यस्तै यही चैत १८ गते काँकरभिट्टादेखि दमकसम्म मोटरसाइकल र्यालीको आयोजना समेत गरिएको छ । चैत १७ गते टोक्ला चिया बगानमा सहिद रुपचन उराउको सालिक परिसरमा प्रशिक्षण तथा सम्मान कार्यक्रम आयोजना गरिने छ ।

आज एमाले मेचीनगर–८ वडा कमिटीले दुर्गेश्वारी सामुदायिक भवनको हलमा आयोजना गरेको प्रशिक्षण तथा सम्मान कार्यक्रममा पार्टीका नेताहरुले प्रतिक्रियावादी शक्ति विरुद्ध अभियानहरु सशक्त ढंगले सञ्चालन गर्ने योजना सुनाएका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य एवम् झापा क्षत्रे नं.१ क की इन्चार्ज मीना पोखरेल उप्रेतीले अब नेपालमा राजतन्त्र सम्भव नभएको बताइन् । मेचीनगर नगरपालिकाकी उपप्रमुख समेत रहेकी उनले गणतन्त्रको विकल्प राजा हुन नसक्ने बताएकी छन् ।

कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी सदस्य एवम् मेचीनगर इन्चार्ज देवकुमार राई, जिल्ला सदस्य राजु पोखरेल, नगर अध्यक्ष राजु कार्की, प्रशिक्षक एवम् मेचीनगर–९ का वडाध्यक्ष कञ्चनकुमार तामाङ लगायतले राष्ट्रिय शक्तिका रुपमा रहेको पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी भएको प्रहार, सोसियल मिडियामा फैलाएको भ्रम, प्रतिक्रियावादीहरुप्रति डटेर सामना गर्ने, जरा अभियानलाई सशक्त बनाएर लाने बताएका थिए ।

कार्यक्रममा झापा विद्रोहका बेला सेल्टर दिने स्थानीय योद्वा विष्णुभक्त आत्रेय, दिलिप घिमिरे, एन्फा रेफ्री जितेन्द्र धिमाल, रिटर्नी फेडरेशनका नवनिर्वाचित अध्यक्ष डालिम थापा, नेवा देय दवुकी अध्यक्ष शोभा श्रेष्ठ, काँकरभिट्टा क्याम्पसको भर्खरै सम्पन्न स्ववियु चुनावबाट निर्वाचित सदस्य इसाक खडिया, समानुपातिकबाट निर्वाचित सचिन तिम्सिना लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा एमाले नेताहरु विष्णु प्रसाई, रमा भण्डारी, दिपक बराल लगायतको उपस्थिति रहेको थियो । नगर अध्यक्ष कार्कीले पार्टीको केन्द्रीय निर्देशन अनुसार यही चैत ११ गते झापाको १३१ वटै वडामा पञ्चायत र बहुदल आएपछिको फरकका विषयमा जनतासँग जाने, त्यस्तै चैत १८ गते प्रतिक्रियावादी विरुद्ध काँकरभिट्टादेखि दमकसम्म मोटरसाइकल र्याली गरिने बताए ।

सोही अवसरमा एमाले मेचीनगर–८ का सल्लाहकार सदस्य कुन्दन निरौलाले कार्यक्रमको स्वागतसहित गत चुनावको घोषणा पत्रमा बाचा गरिएका ४२ वटा काम मध्ये ३२ वटा काम पुरा भएको बताएका थिए ।

एमाले मेचीनगर–८ वडा कमिटीका अध्यक्ष मिलन विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव अर्जुन पोखरेलले गरेका थिए ।

पछिल्लो समाचार

विद्यार्थीलाई कानुनका कुरा सिकाउँदै मेचीनगर

अघिल्लो समाचार

क्षयरोग दिवसमा विरामीलाई ‘पोषण प्याकेज’ वितरण

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.