विराटनगर, ११ चैत । प्रेस चौतारी नेपालको विराटनगर सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा गणेश पाण्डे सर्वसम्मच चयन भएका छन् ।
सोमबार राति ९ वजे बन्द सत्रको हलमा अध्यक्षमा पाण्डेको नेतृत्वमा ९ जनाको पदाधिकारीसहित ९९ जनाको केन्द्रीय कमिटी गठन भएको घोषणा गरेको हो ।
कमिटीको उपाध्यक्षमा चेतन अधिकारी, महिला उपाध्यक्षमा कृपा भण्डारी, महासचिवमा हिरामान लामा, उपमहासचिवमा हरिवल्भ नेपाल तथा संगठन सचिवमा विष्णु तारुके, अर्थ सचिवमा प्रदीप आचार्य, प्रचार÷प्रशिक्षण सचिवमा बिक्रम लुइटेल, विदेश सचिवमा नरेश भण्डारी सर्वसम्मत चयन भएका छन् ।
९९ जनाको केन्द्रीय कमिटीमा झापाबाट ७ जना सर्वसम्मत चयन भएका छन् । झापाबाट केन्द्रीय उपाध्यक्षमा चेतन अधिकारी, केन्द्रीय सदस्यहरुमा माधव विद्रोही, गोपाल काफ्ले, सावित्रा दाहाल, मीना विश्वकर्मा र शम्भुजित दाहाल चयन भएका छन् ।
त्यस्तै केन्द्रीय अनुशासन आयोगको सदस्यमा विष्णु पोखरेल चयन भएका छन् । सर्वसम्मत निर्वाचित कमिटीको घोषणा केन्द्रीय अध्यक्ष गणेश वस्नेतले गरेका थिए ।





Discussion about this post