झापा, १५ चैत । काठमाडौंको तीनकुने क्षेत्रमा कफ्र्यू आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कफ्र्यू आदेश जारी गरेको हो ।
आजै राति १० बजेसम्म कफ्र्यू आदेश जारी भएको प्रशासनले जनाएको छ ।
राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो । कफ्र्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।




Discussion about this post