
मेचीनगर, १५ चैत । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सकिएको छ ।
यस वर्षको एसईईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए । आजबाट सकिएको एसईई यही चैत १९ गतेदेखि सञ्चालन भएको थियो ।
मेचीनगरबाट ग्रेडवृद्विसहित यसवर्ष दुई हजार ४२१ जना विद्यार्थी एसईईमा सहभागी भएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिए ।
नियमित छात्र र छात्रा जम्मा दुई हजार १३९ जना र ग्रेडवृद्वि २८२ जना रहेको उनको भनाई छ । नियमिततर्फ छात्र ९८३ जना, छात्रातर्फ ११५६ जना तथा गे्रडवृद्वि अन्तरत छात्र १३५ जना र छात्रातर्फ १४७ जना सहभागी रहेका थिए ।
यसवर्ष एसईईमा मेचीनगरको भानु मावि, मेची जनसाधरण मावि, काँकरभिट्टा मावि, आदर्श मावि, कविशिरोमणि मावि, धुलाबारी मावि र सहिद दशरथचन्द माविमा केन्द्र परेको भण्डारीले बताए ।
गतवर्ष २०८० को एसईई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको संख्या ४९ हजार २८६ जना बढेको थियो ।




Discussion about this post