मेचीनगर, १५ चैत । वर्षौँदेखि फोहोर र अलपत्र रहेको काँकरभिट्टा माध्यमिक विद्यालय जाने बाटो आजदेखि धमाधम बनाउन सुरु गरिएको छ ।
मेचीनगर नगरपालिकाले काँकरभिट्टा माविको बाटो बनाउन स्थानीय न्युतारा निर्माण सेवा मेचीनगर–११ लाई ठेक्का दिएपछि आजदेखि काम सुरु गरिएको हो ।
३ महिनामा सक्ने गरी १८ लाख ५६ हजार रुपैयाँमा नगरपालिकाले उक्त निर्माण सेवालाई ठेक्का दिइएको छ ।
साढे ४ मिटर चौडाई र ५०.४ मिटर लम्बाई रहेको सडकमा सोलिङ गरेर ढलाई गरिने ठेकेदार सन्तोष मेचेले जानकारी दिए । उनले करिव एक महिनामा उक्त बाटोका काम सक्ने बताए ।
बाटोमा रहेको एउटा असोकाको रुख डिभिजन वन कार्यालयबाट अनुमति लिएर काटिएको छ । उक्त रुखलाई विद्यालयले अक्सन गर्ने प्रधानाध्यापक हरि न्यौपानेले बताए ।
काँकरभिट्टा स्कुल जाने बाटो फोहोर र अलपत्र रहेको भन्दै स्थानीय युवा समाजसेवी फडिन्द्र घिमिरेले विरोधमा सामाजिक सञ्जालमा पोष्ट गरेर स्थानीय सरकार र विद्यालयलाई खवरदारी गरिरहेका थिए ।




Discussion about this post