मेचीनगर, १९ चैत । मेचीनगर–३ स्थित बडाखालमा जारी प्रथम वडास्तरीय फुटबल प्रतियोगिता अन्तरगत मंगलबार वडा नं.७ र १२ विजयी भएका छन ।
नव ज्योती निमाविको खेल मैदानमा जारी प्रतियोगितामा वडा नं.४ लाई १–० को गोल अन्तरलेपछि पार्दै १२ विजयी भएको हो ।
जितका लागि खेलका म्यान अफ द म्याच समेत घोषित भएका अरुण मेचेले निर्णायक गोल गरे ।
यसैगरी, दोस्रो खेलमा वडा नं.३ वी लाई २–० को गोल अन्तरले पराजित गर्दै वडा नं. १२ विजयी भएको छ । जितका लागि मनोज राईले १ र सन्तोस बस्नेतले १ गोल गरे । खेलको म्यान अफ द म्याच मनोज राई भए ।
बुधबारको पहिलो क्वाटरफाइनल खेल वडा नं.३ र ११ तथा दोस्रो खेल वडा नं.२ र ९ बीच हुने खेलकुद संयोजक खेम सावाँले जानकारी दिए ।
वडा कार्यालय मेचीनगर–३ को आयोजनामा शनिवारदेखि सुरु भएको प्रतियोगितामा मेचीनगरका १५ वटै वडाहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताका विजेता टिमले नगद ४० हजार र उपविजेताले नगद २० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सचिव राजकुमार रायाले बताए ।




Discussion about this post