मेचीनगर, २० चैत । नेपाल खेलकुद महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्ष पदमा शंकर थापा सर्वसम्मत चयन भएका छन् ।
नेकपा (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ समाजवादीको काठमाडौंमा सम्पन्न महाधिवेशनले अर्जुनभक्त राईको अध्यक्षमा १०३ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा नारायणदास गमाल, उपाध्यक्षमा शंकर थापा, शिवप्रसाद डाँगी, दिपकबहादुर सिंह, ज्ञानेन्द्र तिमल्सेना, रिता कोइराला, गोपाल न्यौपाने, आकाश पटेल चयन भएका छन् ।
त्यस्तै, महिला उपाध्यक्षमा राधिका ऐर हमाल, महासचिवमा अनिलकुमार रिजाल चयन भएका छन् । उपमहासचिवमा रविन्द्र राई, राम पुडासैनी, उत्तम श्रेष्ठ र प्रविन केसीलाई चयन गरेको अधिवेशनले महिला उपमहासचिवमा रजुला जोशीलाई चयन गरेको छ ।
सचिवमा कैलाश विष्ट, अर्जुन मेचे, मनोजकुमार राई, विवेक अर्याल, किशोर श्रेष्ठ, डिलकुमारी नेपाल, अच्युत बनान चयन भए ।
त्यस्तै, महिला सचिवमा रेश्मा केसी र कोषाध्यक्षमा चन्द्रमान डंगोल चयन भएका छन् ।
काँकरभिट्टा निवासी थापा लामो समयदेखि खेलकुद क्षेत्रको विकासमा लागि पर्दै आएका छन् । उनी झापा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष समेत भइसकेका छन् ।
त्यसबेला झापाको खेलकुद विकासमा थापाको भूमिका महत्वपूर्ण रहेको थियो । खेलकुद र खेलाडीका लागि सधै सकारात्मक सोच राख्ने थापा विभिन्न सामाजिक संघ–संस्थामा पनि सक्रिय छन् ।




Discussion about this post