८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सामुदायिक वनमा ‘वनभोज कार्यक्रम’ नर्गन नगरप्रमुखको आग्रह

चैत्र २२, २०८१, १:१९ .शुक्रबार
0
0
0
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २२ चैत । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले सामुदायिक वनहरुमा वनभोज कार्यक्रम नर्गन आग्रह गरेका छन् ।

आज मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वन उपभोक्ता समूहको परिसरमा सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगरले आयोजना गरेको श्रोतविहिन सामुदायिक वनको सम्भावना र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

नगरप्रमुख बुढाथोकीले सामुदायिक वनमा वनभोजका नाममा ठुलो आवाजमा माइक बजाएर ध्वानी प्रदुषण गर्ने, प्लास्टिकका वोतलहरु फाल्ने, फोहोर गर्ने लगायतका कारणले बोटविरुवा मर्ने, जीवजन्तु भाग्ने बताए ।

उनले भने–‘वनमा फेलिङ र पुलिङका नाममा जनवारहरुले खाने वनस्पतिहरु मासिएका छन् । कुसुम, खिरा, यमुना, अंगेरी, देव्रे लहरा लगायत प्रजातिका वनस्पति लोप भएकाले जीवहरु हराए ।’

चुरे क्षेत्रको संरक्षण गर्न सके वन, वनस्पति र जीवहरु जोगाउन सकिने उनको भनाई छ । उनले खोला किनारमा वृक्षारोपण र बाँसहरु रोप्न आग्रह गरेका छन् ।

कार्यक्रममा नगरप्रमुख बुढाथोकी, २ नं.वडाका वडाध्यक्ष दिपक बराल, डिभिजन वन कार्यालय झापाका प्रमुख (डिएफओ) भरतबाबु श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, तेलपानी सामुदायिक वनका अध्यक्ष बुद्व लिम्बु, वडा नं.१ को दुधेचौरी सामुदायिक वनकी सचिव संगीता पुरी, भीमसीन कृष्णथुम्की सामुदायिक वनका अध्यक्ष एकराज घिमिरे, वडा नं. ३ को महिला सिर्जना सामुदायिक वनकी अध्यक्ष गायत्रा पौडेल, इन्द्रेणी साहित्य मञ्चकी अध्यक्ष मीरा पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सोही अवसरमा भर्खरै डिभिजन वन कार्यालय झापा आएका नयाँ डिएफओ श्रेष्ठलाई स्वागत स्वारुप सम्मान गरिएको थियो ।

मेचीनगरमा १३ वटा सामुदायिक वनहरु रहेका छन् । त्यसमध्ये ३ वटा सामुदायिक वनहरुको अवस्था संकटमा रहेको छ । जसमा दुधेचौरी सामुदायिक वन, भीमसीन कृष्णथुम्की सामुदायिक वन र महिला सिर्जना सामुदायिक वन समस्यामा छन् । यी श्रोतविहिन सामुदायिक वनका विषयमा छलफल भएको थियो ।

यी वनहरुको क्षेत्रफल कम्ती, आय श्रोत नभएको, मदन भण्डारी राजमार्गले छोएको, रुखहरु काट्नु पर्ने अवस्था रहेको, नदी कटानमा परेको लगायतका कारण मर्ज गर्ने की कार्ययोजना बनाएर डिभिजन वन कार्यालयमा प्रस्ताव लाने विषयमा छलफल भएको बताइएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगरकी अध्यक्ष जानुका ओलीले स्वागतसहित कार्यक्रमको अध्यक्षता गरेकी थिइन् । कार्यक्रमको सञ्चालन नगर महासंघका महासचिव खेमराज राईले गरेका थिए ।

पछिल्लो समाचार

उज्यालो ब्रान्डको चामलमा ‘अखाद्य वस्तु’ भेटिएन

अघिल्लो समाचार

बैशाख १ गते ४० कटेकालाई भेट्रान क्लबले दौडाउने

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.