मेचीनगर, २४ चैत । नेकपा माओवादी केन्द्र मेचीनगर कमिटीको दोस्रो नगर अधिवेशनले पुनः राजन चिमरिया सर्वसम्मत चयन भएका छन् ।
शनिबार धुलाबारीको पासाङ ल्वामु हलमा आयोजित दोस्रो अधिवेशनले चिमरियाको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा लीला सुब्बा राजवंशी, जगतबहादुर बिश्वकर्मा, गोपिकृष्ण रिजाल र मेनुका घिमिरे चयन भएका छन् ।
सचिवमा कृष्णराज सिटौला, सहसचिवमा कोबिलाल मेचे, तिलक थापा र कोषाध्यक्षमा बसन्त राजबंशी रहेका छन् । यस्तै सदस्यहरुमा श्याय लामा, इन्दिरा पोखरेल, पुष्पराज पराजुली, देबेन्द्र ढकाल, गोमा भण्डारी, चन्द्र दास, राम गौतम, विरसकुमार आचार्य, तारा बराल, डिवी मगर, सेकेन्ड धिमाल, कुमादेवी उप्रेती, मानबहादुर गिरी छन् ।
त्यस्तै सदस्यहरुमा तिलक थापा, हर्कमाया बस्नेत, शेखरकाजी थापा, विमला आचार्य, सन्तोस प्रसाई, राजु निरौला, चेतराज बस्नेत, विनोदकुमार शिवाकोटी, ज्ञानु घोले, तिर्थकुमारी डांगी, आइतबहादुर बिश्वकर्मा, छबिलाल अधिकारी, नरेन्द्र धिमाल, पदम सुनुवार, रीतादेवी रिजाल, पुरुषोतम सिग्देल, गोमादेवी भट्टराई, अपूर्वकुमार डाँगी, शुशील राजवंशी, प्रशान्त लिम्बू, भूल लुक्सम (कात्री), गोमादेवी भट्टराई, श्यामलाल राजवंशी, शैफर रेग्मी, रोजिना विश्वकर्मा, मिलन प्रसाई, पुष्पराज पराजुली रहेका छन् ।
सोही अवसरमा कम्युनिस्ट बिचारमा रहेर हालसम्म योगदान पुर्याउँदै आएका एक दर्जन बढीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका कोशी प्रदेश सहइन्चार्ज अजम्बर काङवाङ राई, केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रञ्जित तामाङ, केन्द्रीय सदस्य ज्योतिसिंह दर्लामी, जिल्ला अध्यक्ष राजु आचार्य (अग्नि), प्रदेश सदस्य भुपाल सापकोटा, प्रकाश भण्डारी, माधव अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाको अध्यक्षतामा सम्पन्न अधिवेशनको सञ्चालन सचिव कृष्णराज सिटौलाले गरेका थिए ।




Discussion about this post