बडाखाल, २३ चैत । वडा नं.९ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
नव ज्योती निमाबिको खेल मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा मेचीनगर–११ लाई २–१ को गोल अन्तरले हराउँदै फाइनलको उपाधि चुमेको हो ।
जितसङगै मेचीनगर–९ ले नगद ४० हजार ट्रफी र मेडल प्राप्त गर्यो भने उपबिजेता बनेको मेचीनगर–११ ले नगद २० हजारमा चित्त बुझाउनु पर्यो । जितका लागि मेचीनगर–९ का रन्जित लिम्बू र बासु तिम्सिनाले गोल गरेका थिए ।
यता वडा नं.११ का प्रशु राइले सान्तवनाअ गोल गरे । खेलको म्यान अफ द म्याच बिजेता टिमका रन्जित लिम्बू भए । प्रतियोगिताको सर्बोउत्कृष्ट खेलाडी मेचीनगर–११ का सुजन बर्देवा भए ।
बिजेता तथा उपबिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथी मेचीनगरका नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल, मेचीनगर–१० का वडा सदस्य सोम ओझा, मेचीनगर–९ का वडाध्यक्ष कञ्चन तामाङ, ११ नं.वडाध्यक्ष रुद्र डाँगी, मेचीनगर–३ का वडाध्यक्ष हर्क बस्नेत, वडा सदस्य फुलमाया रोक्का, गिता नेपाल, फुटबल आयोजक समितिका सचिव राजकुमार राया लगायतले पुरस्कार बितरण गरेका थिए ।
चैत १६ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको समापनमा खेल संयोजक खेम सावाको अध्यक्षता र सञ्चालन देबु बानियाँले गरेका थिए ।




Discussion about this post