काँकरभिट्टा, २४ चैत । काँकरभिट्टाको अरुणोदय इङलिश बोर्डिङ स्कुलले फरक तरिकाले वार्षिकोत्सव मनाउने भएको छ ।
आइतवार स्कुलले पत्रकार भेटघाटमा शिक्षामा नौलो अभ्यासका रुपमा फरक ढंगले २९ औँ वार्षिकोत्सव मनाउन लागिएको जानकारी दिएको हो ।
स्कुलका व्यवस्थापन समिति अध्यक्ष भगिरथ राईले यही चैत २६ र २७ गते उत्सव मनाउन लागिएको बताए ।
पठन संस्कृति र प्लेली प्रविधिबाट पठनपाठन शुरु गरेको स्कुलले उत्सवको पहिलो दिन कक्षा–५ सम्मका विद्यार्थीले र दोस्रो त्यो भन्दामाथिका विद्यार्थीले प्रतिभाहरु प्रस्तुत गर्ने राईको भनाई छ ।
उत्सवमा विज्ञान प्रदर्शनी, परम्परागत सामाग्री प्रदर्शनी, पुस्तक तथा खेलकुद सामाग्री प्रदर्शनी, विद्यार्थीद्वारा निर्मित चित्रकला तथा हस्तकला प्रदर्शनी, दैनिक प्रयोग गरिने खाद्य वस्तुको प्रदर्शनी, आँखा तथा दाँत परीक्षण, विद्यार्थीहरुले पकाएका नेवारी, राजवबंशी, राई, तामाङ, शेर्पा, मगर लगायत समुदायका खानाका परिकार बिक्रीका लागि राखिने स्कुलका प्रिन्सिपल दुर्गाबहादुर लुईटेलले जानकारी दिए ।
त्यस्तै विद्यार्थी र अभिभावकको सम्मान, स्काउटका सामाग्री प्रदर्शनी र बिक्री वितरण, अभिभावकको नित्य, गीत लगायतका कार्यक्रमहरु रहने उनले बताए ।




Discussion about this post