

धुलाबारी, २४ चैत । मेचीनगरका नवगठित ३५ वटा बाल क्लबका सदस्यहरुलाई माइन्युट लेखन, कोष व्यवस्थापन, बाल अधिकार सम्बन्धी प्रशिक्षण दिइएको छ ।
शनिबार धुलाबारी माविको सभाहलमा चेतनशील सामुदायिक सिकाई केन्द्रको आयोजनामा बाल क्लबहरुको क्षमता अभिवृद्धि सम्बन्धी अभिमुखीकरण तालिम दिएको हो ।
बाल क्लबका १०५ जना सदस्यहरुलाई नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत प्रशिक्षक अनन्तप्रकाश वस्ती, वडा नं. ७ की वडा सचिव प्रशिक्षक लक्ष्मी राई, अधिवक्ता नरेश खातीले प्रशिक्षण दिएका थिए ।
सहभागीहरुलाई माइन्युट लेखन, कोष व्यवस्थापन, बाल अधिकार लगायत सम्बन्धी तालिम दिइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा १० नं.वडा सदस्यद्वय सोम ओझा, विशाल कार्की, केन्द्रका उपाध्यक्ष धर्मेन्द्र खड्का, पूर्व अध्यक्ष इन्द्र बाँस्कोटा, सदस्यहरु मुना बस्नेत, सदस्य सम्रता खड्का, परिचालक ममता खतिवडा लगायतको उपस्थित रहेको थियो ।
उक्त कार्यक्रमका लागि १० नं.वडा कार्यालयले आर्थिक सहयोग गरेको थियो ।
चेतनशील सामुदायिक सिकाई केन्द्रका अध्यक्ष उदय बराईलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कोषाध्यक्ष इन्दिरा भट्टराईले र सहजीकरण सदस्य प्रल्हाद खड्काले गरेका थिए ।




Discussion about this post