

मेचीनगर, २४ चैत । आइतबार सम्ममा मेचीनगरमा २१५ वटा सामुदायिक कुकुरको निःशुल्क बन्ध्याकरण गरिएको छ ।
मेचीनगर–८, ईटाभट्टा स्थित आदर्श मावि परिसरमा नगरपालिकाको आयोजना र पोखरा स्थित राष्ट्रिस्तरको गैरसरकारी संस्था हार्ट नेपाल (हिमालयन एनिमल रेस्क्यु ट्रष्ट) को प्राविधिक सहकार्यमा सञ्चालन भएको शिविरमा २१५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण भएको हो ।
आज शिविरमा वडा नं.५ र ६ कासहित २१५ वटा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिएको हार्ट नेपालका प्राविधिक टोली प्रमुख चन्द्र आङबु राईले जानकारी दिए ।
भोलि चैत २५ गते एक दिनलाई स्थगित गरिएको छ । चैत २६ गते वडा नं.७, ८ र ९ को, चैत २७ गते वडा नं.१० र ११ को, चैत २८ गते वडा नं.१२ र १३ को र अन्तिमदिन चैत २९ गते वडा नं.१४ र १५ को शिविर सञ्चालन हुने उनले बताए ।
शिविरमा हार्टका प्राविधिक राईको नेतृत्वमा १२ जना र नगरपालिकाका ८ जना स्वास्थ्य प्राविधिकको टोली खटिएका छन् ।
चैत २९ गतेसम्म सञ्चालन हुने शिविरमा करिव ४५० वटा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिने योजना छ ।




Discussion about this post