

विराटनगर, २५ चैत । ‘आधुनिक सिँचाईको विस्तार, दिगो कृषि विकासको आधार’ भन्ने मुल नाराका साथ ७२औँ सिँचाई दिवस विराटनगरमा सम्पन्न भएको छ ।
आज कोशी प्रदेश सरकारको खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालयले आयोजना गरेको ७२औँ सिँचाई दिवस विराटनगर स्थित स्वागतम होटलमा सम्पन्न भएको हो ।
सिँचाई दिवसको अवसरमा खानेपानी, सिँचाई र उर्जा सम्बन्धी प्यानल डिस्कसनमा विभिन्न प्रभूद्व व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
प्यानल डिस्कसनमा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको पनि सहभागिता रहेको थियो ।
उनले संघिय संरचनामा स्थानीय सरकारलाई साना सिँचाई सम्बन्धी दिइएको एकल अधिकार, नीति तथा कार्यक्रम, सिँचाई विकास सम्बन्धीका चुनौति र समाधानका उपाय र यसबारे संघ, प्रदेश र नीजि क्षेत्रसँग स्थानीय सरकारले कसरी प्रभावकारी ढंगले सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए ।
प्यानल डिस्कसनमा नगरप्रमुख बुढाथोकी, युनिभर्सल ईन्जिनियरिङ एण्ड साइन्स कलेज पोखरा युनिभर्सिटीका प्रिन्सिपल डा.भेषराज थापा, खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालयका सहसचिव सागरकुमार राई, एनएफडव्लुयुएनका गोविन्दबहादुर कार्की, एसडिई कृष्णप्रसाद राजबंशी, डा. सरोज कार्की, कोशी प्रदेश निर्माण व्यवसायी महासंघका उपाध्यक्ष केशर बुढाथोकी लगायत रहेका थिए ।
विगतदेखि मन्त्रालयलाई सिँचाई सम्बनधी सल्लाह र सुझाव दिइरहेकोले पालिकाहरुमध्येबाट मेचीनगरका प्रमुख बुढाथोकीलाई उक्त प्यानल लिष्टमा राखिएको थियो ।
खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको उदेश्यसहित अध्यक्षता सचिव प्रदीप बान्तवाले गरेका थिए ।




Discussion about this post