मेचीनगर, २८ चैत । मंगलबार मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका काँकरभिट्टाका समाजसेवी डिल्लीराम घिमिरेको स्वास्थ्य अवस्था सुधारन्मुख रहेको छ ।
नेकपा एमाले मेचीनगर अध्यक्ष राजु कार्कीले घाइते घिमिरेको स्वास्थ्य अवस्था सुधार भएको जानकारी दिए ।
उनले अस्पतालमा घिमिरे र उनका परिवारलाई भेटेर स्वास्थ्य अवस्था बुझेका थिए ।
घाइते घिमिरेका छोरा दिपक घिमिरेका अनुसार बुबा अहिले बोल्न सक्नु हुन्छ । भेन्टिलेटरबाट आज बेलुका सम्ममा नर्मल वेडमा सार्ने कुरा भएको उनको भनाई छ । घाइते घिमिरेको टाउकोमा ब्लड जमेकाले भेन्टिलेटरमा उपचार भइरहेको छ ।
घाइते घिमिरे मेचीनगर नगरपालिकाको बस टर्मिनल बसपार्क तथा पार्किङ व्यवस्थापन समिति अध्यक्ष, भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष, तत्कालिन गाविसका अध्यक्ष हुन्, नेकपा एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सैनिक संगठन (नेपोन) का कोशी प्रदेश कमिटी अध्यक्ष र विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय छन् ।
उनी चैत २६ गते चन्द्रगढी जाने क्रममा मेचीनगर–७ बस्ने गोबिन्द दाहालले चलाएको प्रदेश १–०४–००१ प ५४११ नं.को मोटरसाइकलमा आफै एक्कासी लडेका थिए । चालक दाहाल भने सकुशल रहेका थिए ।




Discussion about this post