८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

महोत्सवमा भाषा, संस्कृतिको प्रर्वद्धन गर्दै आदिवासी जनजाति

चैत्र २८, २०८१, ३:१८ .बिहिबार
0
0
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २८ चैत । काँकरभिट्टा खेल मैदानमा जारी तेस्रो आदिवासी जनजाति सांस्कृतिक महोत्सवको दोस्रो दिन धिमाल, थामी र माझी समुदायले आफ्नो भाषा, परम्परा र संस्कृतिलाई प्रर्वद्धन गरेका छन् ।

बुधबारदेखि नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् मेचीनगरले आगामी बैशाख २ गतेसम्म आयोजना गरेको आदिवासी जनजाति सांस्कृतिक महोत्सवको दोस्रो दिन आज धिमाल, थामी र माझी समुदायले आफ्नो भाषा र संस्कृतिलाई संरक्षण गर्ने प्रयास गरेका छन् ।

धिमाल जाति विकास केन्द्रका चित्र धिमाल, नेपाल थामी संघका ललित थामी र नेपाल माझी उत्थानका सन्तलाल माझीको अगुवाइमा भएको सांस्कृतिक कार्यक्रममा लोप हुन लागेको भाषा, कला, संस्कृति, परिकार, परम्परालाई जोगाइ राख्न एकजुट भएर लागिरहेको सन्देश दिएका छन् ।

धिमाल, थामी र माझी समुदायको हक, हित र सुरक्षाका लागि सधै लडिरहेका विज्ञ तथा अगुवाहरुले आफ्नो जातिको पहिचानका लागि निडर भएर लाग्न सबै आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने राय राखेका थिए ।

त्यस्तै चैत २९ गते नेपाल तामाङ घेदुङ, सुनुवार समाज र राजबंशी समाज विकास समितिका नेतृत्वकर्ता भक्त तामाङ, पदम सुनुवार र र दिनेश राजबंशीको सहकार्यमा हुनेछ ।

चैत ३० गते नेपाल मगर संघ, नेपाल शेर्पा संघ, बिर्जा समाज समिति र मुण्डा समुदायका नेतृत्वकर्ता विकास थापा मगर, पासङ शेर्पा, अभिशेक बिर्जा र वन्दन मुण्डाको सहकार्यमा हुनेछ ।

यस्तै चैत ३१ गते नेवा दे दवु, किराँत राई यायोक्खा र थारु कल्याणकारी सभामुदायका नेतृत्वकर्ता शोभा श्रेष्ठ, बालाजित राई र रञ्जित र चौधरीको सहकार्यमा हुनेछ ।

आगामी बैशाख १ गते भुजेल समाज, किराँत याक्थुग चुम्लुङ र मेचे शिवियारी आफतका नेतृत्वकर्ता लक्ष्मिकान्त भुजेल, वीरु वेघा र देशभक्त मेचेको सहकार्यमा हुनेछ । र अन्तिम समापनका दिन बैशाख २ गते तमु हूयूल छोँजधी र किसान समुदाय क्लबका नेतृत्वकर्ता सुभास गुरुङ र भीम किसानको सहकार्यमा सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

हिजो महोत्सवको उद्घाटन प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले गरेकी थिइन् । प्रमुख अतिथि उपसभामुख राना, हिन्दु, बौद्व, किराँत, मुस्लिम र क्रिश्चयनका धर्मगुरुहरुले परेवा उडाएर शान्ति र सदभाव अनि एकताको सन्देश दिएका थिए ।

महोत्सवमा आउने आगन्तुकहरुलाई सबै समुदायहरुले स्टल राखेर आ–आफ्नो जातिको खानाका परिकार, भाषा, कला, संस्कार र पहिचानका विषयमा जानकारी दिइरहेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् मेचीनगरका अध्यक्ष रामबहादुर वाइवाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सहजीकरण महोत्सव संयोजक केवलराम राईले गरेका थिए ।

 

पछिल्लो समाचार

बजार अनुगमन : सरसफाइमा ध्यान दिन चार उद्योगलाई सचेत

अघिल्लो समाचार

आसाममा पक्राउ परेका प्रसाईलाई झापा हुँदै काठमाडौँ लगियो

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.