३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

धुलाबारी–इरौंटार निर्माणाधीन सडकको प्रगति ६५ प्रतिशत

चैत्र २९, २०८१, ११:५७ .शुक्रबार
0
0
0
SHARES
172
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २९ चैत । बहुवर्षीय योजना अन्तरगतको धुलाबारीदेखि इरौंटार सम्मको निर्माणाधीन सडकको राज्यमन्त्री, मेयर र अध्यक्षले आज स्थलगत निरीक्षण गरेका छन् ।

शुक्रबार कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजबंशी, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, बुद्वशान्ति गाँउपालिका अध्यक्ष मनोज प्रसाईले धुलाबारीदेखि इरौंटार सम्मको निर्माणाधिन सडकको स्थलगत निरीक्षण गरेका हुन् ।

वि.सं.२०७६ कात्तिक २० गते ठेक्का सम्झौता भएको भद्रपुर, ज्यामिरगढी, धुलाबारी, गोजावस्ती, मागुरमाडी, शान्तिनगर हुँदै इलामको इरौंटार सडकको अहिलेसम्म निर्माण कार्य भइरहेको छ । भद्रपुरदेखि ज्यामिरगढी सडकको भने यसअघि नै काम भइसकेको छ ।

वि.सं.२०७९ असार ३१ गते सम्पन्न हुनु पर्ने ठेक्का हालसम्म उक्त गौरवको योजनाको २५ दशमलव ३६० किलोमिटर सडक अझै निर्माणाधिन अवस्थामा नै रहेको छ ।

उक्त ठेक्का कनकाई–झापाली जेभी बिर्तामोडका सञ्चालक एवम् निर्माण व्यवसायी शेरबहादुर थापाले भ्याटसहित ४६ करोड २३ लाख ८२ हजार ९८३ रुपैयाँ २५ पैसामा लिएका थिए ।

पहिलो पटकको म्याद थपसहित २०८० मंसिर ३० गते सम्पन्न गर्नु पर्ने थियो । उक्त समयमा पनि नसकेपछि फेरि २०८१ माघ १० गते सक्ने गरी भ्यारिएशनसहित दोस्रो पटक ठेक्का भ्याटसहित ५१ लाख ३२ हजार ५१७ रुपैयाँ ५० पैसामा दिने सम्झौता भएको थियो ।

पूर्वाधार विकास कार्यालय झापाका सिनियर ईन्जिनियर उत्तम खरेलले बहुवर्षीय योजना अन्तरगत हालसम्म भौतिक प्रगति ६५ प्रतिशत र वित्तिय प्रगति ५९ प्रतिशत रहेको जानकारी दिए ।

उनले निर्माण व्यवसायीलाई २९ करोड ७३ लाख १६ हजार ५८ रुपैयाँ भुक्तानी भएको बताए । उनका अनुसार डीवीएसटी प्रविधिको कालोपत्रे सडक भएकाले आ.व.२०८१÷८२ को विनियोजित बजेटबाट थप ९ करोड रुपैयाँ दिइएको छ । जसमा उक्त बजेटबाट ६४ लाख २१ हजार ८४ रुपैयाँ सडकमा खर्च भएको छ ।

हालसम्म ६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ, २२ किलोमिटर सव–वेस सम्पन्न, ६ किलोमिटर बसे निर्माणाधीन र ९० प्रतिशत स्ट्रक्चर कार्य सम्पन्न भएको सिनियर ईन्जिनियर खरेलको भनाई छ ।

निर्माण व्यवसायी थापाले सरकारले ठेक्का सम्झौता भए अनुसारको पुरा बजेट विनियोजन नगरेका कारण सडक निर्माणमा ढिलाई भएको दावी गरेका छन् । उनका अनुसार उक्त सडक निर्माणका लागि म्याद सकिएकाले थप म्यादको प्रक्रियामा रहेको छ । म्याद थपिएर अन्तिम पटकको बजेट आए समयमा नै काम सकिने थापाको भनाई छ ।

आज राज्यमन्त्री राजबंशी लगायतको टोली के कति काम भएको छ, म्याद बढाउन र थप बजेट विनियोजनका लागि के गर्न सकिन्छ भनेर स्थलगत निरीक्षणका लागि आएका हुन् ।

तत्कालिन झापा क्षेत्र नं.१ ‘ख’ को पूर्व प्रदेश सभा सदस्य हुँदा धुलाबारीदेखि इरौंटार सम्मको २५ किलोमिटर सडकको डिपिआरसहित योजना ल्याएको नगरप्रमुख बुढाथोकीको भनाई छ ।

२५ किलोमिटर सडक मध्ये ८ किलोमिटर सडक शान्तिनगरको भित्तामा किन ठोकाउने भनेर इलामको रोङ गाउपालिकाको इरौंटार सम्म लाने प्रस्ताव गरेको बुढाथोकीले बताए । उनले इलामलाई झापासहित मेचीनगरको बजारलाई व्यवसायिक कारोवारसँग जोड्न त्यसो गरिएको बताए ।

धुलाबारीदेखि टुठेबरसम्म १० किलोमिटर, एक किलोमिटर मदन भण्डारी राजमार्ग जोडिएको छ, ६ किलोमिटर गौडासम्म र ८ किलोमिटर इरौंटारसम्म सडक विस्तार गर्ने योजना रहेको छ । उक्त निर्माणाधीन सडक मेचीनगर नगरपालिका, बुद्वशान्ति गाँउपालका र रोङ गाँउपालिकाको क्षेत्रभित्र पर्दछ ।

यसैगरी राज्यमन्त्री राजबंशी, नगरप्रमुख बुढाथोकी, सरोकारवाला निकायका प्रमुख तथा ईन्जिनियर लगायतको टोलीले निन्दा सिरानबाट बौद्वमोड, ईटाभट्टा हुँदै गोमनसरी जाने फडानी सम्मको सडकको अवस्थाका बारेमा स्थानीयसँग छलफल तथा निरीक्षण गरेको थियो ।

पछिल्लो समाचार

आसाममा पक्राउ परेका प्रसाईलाई झापा हुँदै काठमाडौँ लगियो

अघिल्लो समाचार

कुकुरको जोखिम न्युनिकरण गर्न बन्ध्याकरण

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.