झापा, १ बैशाख । नेकपा एमालेले पार्टी स्थापना दिवसमा कम्युनिष्ट आन्दोलनमा योगदान गर्ने झापाका हरिचरण शिवाकोटीलाई ‘कम्युनिष्ट योद्धा’ का रुपमा सम्मान गर्ने भएको छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले यही बैशाख ९ गते पार्टी स्थापना दिवसका अवसरमा कम्युनिष्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिष्ट योद्धा’ का रुपमा सम्मान गर्ने निर्णय गरेको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैशाख ९ गते पार्टी स्थापना दिवसमा ‘कम्युनिष्ट योद्धा’ का रुपमा सम्मानित हुनेहरुमा झापाका हरिचरण शिवाकोटी, सप्तरीका सत्यनारायण मण्डल, काठमाडौँकी शान्ता मानवी, गोरखाका बासस्वती देवकोटा, दाङका शोभारम वस्नेत, कञ्चनपुरका लालबहादुर विश्वकर्मा र जाजरकोटका स्वर्गीय रत्न शर्मा न्यौपाने रहेका छन् ।
शिवाकोटी झापा किसान आन्दोलनका नेता, युवाहरुका प्रेरणाका श्रोत, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य समेत हुन् ।





Discussion about this post