झापा, १ बैशाख । नेकपा एमालेले लोकतन्त्र दिवसमा युवाहरूलाई लक्षित गरेर काठमाडौँमा ‘युवा उत्सव’ आयोजना गर्ने भएको छ ।
बैशाख ११ गते नेपालमा राजतन्त्र अन्त्य भएको दिनको अवसर पारेर एमालेले ‘युवा उत्सव’ कार्यक्रम गर्ने निर्णय गरेको हो ।
पार्टीको आज बसेको सचिवालय बैठक बारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘वैशाख ११ गते जनताले जितेको दिन, निरंकुश राजतन्त्र अन्त्य भएको औपचारिक विजारोपण भएको दिन र २०६२÷६३ को आन्दोलन सफलताको दिन हो ।’
जनताले जितेको दिनलाई ‘युवा उत्सव’ को रूपमा युवाहरूलाई लोकतन्त्र, स्वतन्त्रता, खुलापन र गणतन्त्रको महत्व बताउँन काठमाडौँमा युवाहरुलाई उतारेर ठुलो र भव्य कार्यक्रम गरिने भएको छ ।




Discussion about this post