

मेचीनगर, १ बैशाख । ‘भेट्रान रोड रेस’को उपाधि रामेछापका होमलाल श्रेष्ठले हात पारेका छन् ।
आज नयाँ वर्षको उपलक्ष्यमा काँकरभिट्टा भेट्रान फुटबल क्लबले आयोजना गरेको ‘भेट्रान रोड रेस’ प्रतियोगितामा श्रेष्ठ प्रथम भएका हुन् ।
२०८२ बैशाख १ गते विहान ७ वजे मेचीनगर–७ स्थित सतिघट्टादेखि काँकरभिट्टासम्म चार किलोमिटरको दौड प्रतियोगितामा ४७ जनाले सहभागिता जनाएका थिए ।
प्रतियागितामा प्रथम भएका श्रेष्ठले नगद ३० हजार, दोस्रो भएका काठमाडौंका धर्म महर्जनले २० हजार र तेस्रो भएका रेवतबहादुर दाहालले १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
७ जनालाई नगद एक हजारका दरले सान्तवना पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताका विजेताहरूलाई कोशी प्रदेशका सांसद एवम् नेपाली काँग्रेसका प्रमुख सचेतक गोपाल तामाङले प्रतियोगिताको रिवन काटेर उद्घाटन गरेका थिए ।
नयाँ वर्षको अवसरमा ‘खेलकुद र सेवामा योगदान, प्रत्येक पाइलामा भेट्रानलाई सम्मान’ भन्ने मुल उदेश्यले भेट्रान क्लबले ४० वर्ष कटेकालाई दौड प्रतियोगिता गरेको थियो ।
भेट्रान क्लबका सदस्य सजित तामाङकी जीवनसाथि समाजसेवी विमला तामाङको ४१ औँ जन्मदिनमा ‘भेट्रान रोड रेस’ प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक राजु पौडलले जानकारी दिए ।
समाजसेवी तामाङले पुरस्कारसहितको सबै खर्चको व्यवस्थापन गरेकी थिइन् । काँकरभिट्टा भेट्रान फुटवल क्लबका अध्यक्ष गंगालाल गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।




Discussion about this post