काँकरभिट्टा, ५ बैशाख । मेची भन्सार कार्यालयले नौ महिनामा राजश्व अशुलीमा वृद्वि गरेपनि स्वदेशी भन्दा विदेशी उत्पादनका वस्तुहरु बढी भित्रिएको छ ।
मेची भन्सार कार्यालयको तीन वटा आर्थिक वर्षको तथ्याङ्क हेर्दा गत साउनदेखि चैत महिना सम्ममा ११ अर्व ४८ करोड २८ लाख ३६ हजार रुपैयाँ अर्थात ९० दशमलव ८१ प्रतिशत राजश्व अशुली भएको छ ।
भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को राजश्व अशुली लक्ष्य १२ अर्व ६४ करोड ५२ लाख ८७ हजार रुपैयाँ रहेको छ ।
तीन महिनाअघि नै ११ अर्व ४८ करोड २८ लाख ३६ हजार रुपैयाँ राजश्व उठेको उनको भनाई छ । उनले यो महिनामा राजश्व अशुली ९५ प्रतिशत पुग्ने र यो वर्ष सय प्रतिशत पुर्याउने लक्ष्य रहेको दावी गरे ।
कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा लक्ष्य १३ अर्व ५२ करोड ४७ लाख २३ हजार रहेकोमा १० अर्व ३८ लाख १८ हजार राजश्व उठेको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७९÷०८० मा लक्ष्य १४ अर्व ८४ करोड ५८ लाख ६७ हजार रहेकोमा १० अर्व ४३ करोड २९ लाख ५७ हजार राजश्व उठेको थियो ।
यसरी हेर्दा राजश्व अशुली उल्लेखनीय मात्रमा वृद्वि भएको देखिन्छ । तर, नेपालमा उत्पादित सामान भारत र विदेश जानु भन्दा बढी उताबाट निर्यात भएको छ ।
यो चालु आर्थिक वर्षमा ३५ करोड ६६ लाख ८३ हजार रुपैयाँको सामान आयात भएको छ । अर्थात ८ दशमलव ५५ प्रतिशत रहेको छ ।
तर, निर्यात भने १९ करोड ५६ लाख २८ हजार पाँचसय रुपैयाँ मात्रको सामान आएको छ । अर्थात ५ दशमलव १४ प्रतिशत रहेको छ ।
उताबाट आएका सामानमा पेट्रोलियम पदार्थ, तरकारी, यातायातका साधान र पार्टपूर्जा, खनिज उत्पादन, प्लास्टिकका कच्चा पदार्थ, कफी, दलहन, इलेक्ट्रिक मेसिनरी, उपकरण तथा तीनका पार्टपूर्जा, फलफुल, फलाम तथा तीनका सामग्री लगायत रहेका छन् ।
ती सामानहरु बंगलादेश, भूटान, चीन, भारत, थाइल्याण्ड, अमेरिका लगायतका देशहरुबाट आउने गरेको छ ।
यताबाट अलैँची, फलामे पाता, चिया, प्लाइउड, कुकुर र विरालोको खाना, अम्रिसो, भेनियर सीट, मोलासिस, सिमेन्ट क्लिङ्कर, अदुवा, सुठो लगायतका सामान गएको छ ।




Discussion about this post