मेचीनगर, ५ बैशाख । पास्ता र सुजीमा म्याद नाघेको भेटिएर ताला लगाएको उद्योगलाई मेचीनगर नगरपालिकाले पचास हजार जरिवाना गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् उपभोक्ता हित संरक्षण विभागले तोकेको निरीक्षण अधिकृत अग्निप्रसाद अधिकारीले पास्ता र सुजीमा म्याद नाघेको र मैदामा कफियत भेटिएपछि मेचीनगर–९ स्थित पूजा फुड प्रोडक्सन उद्योगका सञ्चालकलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको जानकारी दिए ।
उद्योगका सञ्चालक पुष्पा जैसवाल चौधरीले नगरपालिकामा शुक्रबार जरिवाना वापतको ५० हजार रुपैयाँ राजश्व तिरेको छ ।
यही चैत २७ गते मेचीनगर नगरपालिकाले जिल्लाको सरकारी निकायको टोलीको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा उक्त उद्योगमा पास्ता र सुजीमा म्याद नाघेको र मैदामा कफियत भेटेको थियो ।
नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले जरिवाना तिरेकोले आइतबार उद्योगको ताला खोलिदिने बताए ।




Discussion about this post