२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

व्यवस्था विरोधी आवाजलाई स्पेस नदिन विद्रोहीको आग्रह

बैशाख ६, २०८२, २:५५ .शनिबार
0
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

झापा, ६ बैशाख । झापाका सम्पादकहरुले प्रेस स्वतन्त्रतामाथि नै प्रहार हुने गरी भइरहेको हस्तक्षेप विरुद्ध एक भएको सन्देश दिँदै प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

झापाली सम्पादकहरुले प्रेस स्वतन्त्रताको पक्षमा बलियो ढंगले प्रतिवाद गर्ने जनाउँदै ३ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

प्रेस चौतारी नेपाल झापाको आयोजनामा शनिवार भएको ‘सम्पादकसँग प्रेस चौतारी’ कार्यक्रममा अधिकांश सम्पादकहरुले प्रेस स्वतन्त्रताको पक्षमा बलियो ढंगबाट प्रस्तुत हुने प्रतिवद्धता जनाएका छन् ।

अखवार, रेडियो र टिभीको वर्तमान समस्या, चुनौति र अवसर विषय अन्तरक्रियामा सहभागी सम्पादकहरुले आ–आफ्नो धारणा राखेका थिए ।

पत्रपत्रिका, रेडियो र टिभीका सम्पादकहरुको उपस्थितिमा आयोजित कार्यक्रममा सम्पादकहरुले झापाली सञ्चारकर्मीबीच एकता, सद्भाव र सहकार्य गर्ने, कोभिड र आर्थिक मन्दीका कारण समस्याग्रस्त बनेको मिडिया क्षेत्रलाई जीवन्तता राख्न स्थानीय सरकार, उद्योगी व्यवसाय र सरोकारवालासँग सहकार्य गर्ने र पछिल्लो समय भइरहेको प्रेस स्वतन्त्रता विरोधी गतिविधिहरुको प्रतिवाद गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियारले तीन बुँदे प्रतिवद्धता जारी गर्दै मिडिया क्षेत्रको संरक्षणका लागि सामुहिक प्रयास आवश्यक रहेकोले सम्पादकसँग चौतारीले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

मेरो रेडियोका सञ्चालक एवम् सम्पादक कुमार भट्टराईले प्रस्तुत गरेको ३ बुँदे प्रतिवद्धता प्रस्तावलाई सहभागी सम्पादकहरुले सहमति जनाएका थिए ।

भट्टराईसहित प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी, रेडियो विराटका समाचार सम्पादक लिला अनमोल, सुखानीका सम्पादक राजु पाठक, सुर्योदय टिभीका सम्पादक राजु पौडेल, स्वतन्त्र आवाज साप्ताहिकका सम्पादक योगेश खपांगी, रेडियो मन्त्रका सम्पादक ज्ञानेन्द्र निरौला, यलम्बर टाइम्स साप्ताहिकका सम्पादक दिपीन राई लगायतले मिडिया क्षेत्रको संरक्षणका लागि सामुहिक एकताको जरुरी रहेको धारणा राखेका थिए ।

सम्पादकहरुले पत्रकारले समाचार सामग्री खोजीमा मेहनत गर्नुपर्ने, प्रविधिको प्रयोग बढाउनुपर्ने, विज्ञापनलाई समाचार बनाउन नहुने, स्थानीय विज्ञापन स्थानीय मिडियाले प्राप्त गर्नुपर्ने, पत्रकारिताको मुल्य मान्यता पालना गर्दै आचरण सुधारमा ध्यान दिनुपर्ने, व्यवसायिक पत्रकारितामा जोड दिनुपर्ने सुझाव दिएका थिए ।

मिडिया क्षेत्र संकटमा रहेकोले आम नागरिकको आवाजलाई बलियो ढंगबाट उठाउन मिडिया पनि बलियो बन्नुपर्ने धारणा रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् स्वाधिन साप्ताहिकका सम्पादक माधव विद्रोहीले मिडिया हाउसलाई पत्रकारहरुले ब्राण्ड बनाउनु पर्ने बताए ।

उनले ब्राण्ड नबनाएसम्म मिडियालाई बलियो बनाउन नसकिने ठोकुवा गरे । सरकारलाई नागरिकको पक्षमा सेवा प्रवाह गर्नका लागि मिडियाले नै दवाव दिन जरुरी रहेको उनको जोड थियो ।

उनले संकटकाबीच सूचना प्रवाह गरिरहेका पत्रकारहरुलाई उत्साहित भएर काम गर्न भन्दै व्यवस्था विरोधी आवाजलाई स्पेस नदिन आग्रह समेत गरेका छन् ।

नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एवम् प्रेस चौतारीका नेता सुब्रत न्यौपानले झापाका मिडियाका समस्या, चुनौति र अवसर बारे विषय प्रवेश गराएका थिए । चौतारी झापाका उपाध्यक्ष राजु पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव युवराज आचार्यले गरेका थिए ।

पछिल्लो समाचार

पास्तामा अखाद्य भेटिएको उद्योगलाई ५० हजार जरिवाना

अघिल्लो समाचार

सहिद विरेन मार्गको आजदेखि कालोपत्रे सुरु (भिडियोसहित)

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.