झापा, ८ वैशाख । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१० बस्ने १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका–१५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमति ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका–१० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई छन् ।
घाइते हुनेमा ललितपुरको ललितपुर महानगरपालिका–१० बस्ने ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भबिमय आचार्य घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको थियो । मृत्यु हुने आध्या सबिना आचार्यकी छोरी हुन् ।




Discussion about this post