झापा, ९ बैशाख । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा ७ जना ज्येष्ठ नेतालाई कम्युनिष्ट योद्धा सम्मान प्रदान गरेका छन् ।
आज स्थापना दिवसका अवसरमा पार्टीद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हरिचरण शिवाकोटी (झापा), रत्नप्रसाद शर्मा न्यौपाने (मरणोपरान्त), लालबहादुर विश्वकर्मा (कञ्चनपुर), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी) र शोभाराम बस्नेत (दाङ) लाई सम्मान प्रदान गरेका हुन् ।
कार्यक्रममा पञ्चायतकालीन भूमिगत जीवनमा पार्टीका नेताहरुको संघर्षमा आधारित पुस्तक ‘सेल्टर’ को विमोचन समेत गरिएको थियो ।




Discussion about this post