झापा, १० बैशाख । कञ्चनजंघा एफएममा समवेदना कार्यक्रमबाट लोकप्रिय बनेका शिरो शान्दाई खतिवडाले बेनामे पत्रको विश्वास गर्दा दुई पटक धन्न बाँचेको बताएका छन् ।
आज दिउँसो प्रेस चौतारी नेपाल झापा शाखाले बिर्तामोड कार्यालयमा आयोजना गरेको ‘अग्रजलाई सुनौँ’ कार्यक्रमका मुख्य वक्ता शान्दाईले विगतको दुई वटा घटनाबाट बचेको स्मरण गराएका हुन् ।
प्राध्यापक समेत रहिसकेका पूर्व पुस्तक व्यवसायी एवम् पत्रकारिताका अनुभवी झापा शान्तिनगरका ७३ वर्षीय अग्रज शान्दाईले समवेदना कार्यक्रममा बेनामे पत्र पढ्दा मृत्यु नभएका २ जना व्यक्तिलाई जिउँदै मृत्यु बनाउनु परेको घटनालाई सुनाएका थिए ।
श्रोतमा विश्वास गर्दा बिर्तामोडको वस्नेत परिवार र बाहुनडाँगीको एउटा परिवारमा मृत्यु नभएका मानिसको समवेदना पढ्नु परेको घटनाले मेरो ज्यानै जान सक्ने अवस्था आएको उनले स्मरण गराएका थिए ।
उनका अनुसार पहिलो घटना वस्नेत परिवारको, कोहि मार्फत समवेदना पढ्ने पत्र आयो मैले पढिदिए । जस्को मृत्यु भएको समवेदना पढे । तर, मान्छे जिवितै रहेछन् । सहजीकरण गरिदिने मानिस दरो भएकाले बाच्न सहज भयो ।
अफसोच चाहिँ त्यहाँ भयो । जुन बेला वस्नेत परिवारका बुबाको साच्चै मृत्यु भएको थियो, त्यो बेला समवेदना कार्यक्रममा पढ्न पाइन् । दुःख लाग्यो । किनभने, त्यसबेला एफएम बन्द थियो ।
दोस्रो घटना बाहुनडाँगीको एक परिवारको, काँहीबाट समवेदनाको बेनामे पत्र आयो । पढिदिए । त्यो परिवारको इलाममा रहेका छोरीहरु सुनेर बुबाको मृत्यु सुनेर घर आए । घरमा आउँदा बुबा चोया बुनिरहेका थिए । यो घटनामा पनि सहजकर्ताले सहज गरिदिए ।
यो दुई वटा घटनाले मलाई धेरै कुरा सिकायो । त्यसपछि नियम, मापदण्ड बनाएर आधिकारिक श्रोतलाई मात्रै विश्वास गर्ने निर्णय गरेपछि समस्याहरु हल हुँदै गए । बिर्तामोडको त्यसबेलाको जीवीका इन्टरप्राइजेजका सञ्चालक समेत रहेका शान्दाई पत्रकारिता सुरु गर्नुअघि पत्रिका बेच्थे ।
२० वर्षअघि विद्यार्थी जीवनकालदेखि नै तेजस्वी र उत्तेजक भाषण कलामा पोक्त उनलाई अग्रज पत्रकार चन्द्र भण्डारीले कञ्चनजंघा एफएममा सञ्चालकसहित विभिन्न कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका थिए ।
प्राध्यापक पेशा भन्दा पनि समवेदना कार्यक्रम सञ्चालन गरेपछि त्यहाँबाट पत्रकारितामा सबैले चिन्न थालेकोमा उनले गर्भ महशुस गरेका छन् ।
‘मृत्यु र विभिन्न संवेदनशील विषयमा पत्रकार वा कसैले मजाग गर्नु हुँदैन’, शान्दाईले भने–‘यस्ता विषयमा सचेत रहनु पर्छ । सत्य र तथ्य कुरालाई छुट्टाएर मात्र प्रकाशण तथा प्रशारण गर्ने धर्म पत्रकारिता हो ।’ पत्रकारहरुले राखेका जिज्ञासाहरुको अग्रज शान्दाईले जवाफ दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेले शुभकामनासहित विगतको एउटा घटनाको स्मरण गराएका थिए । विगतको एउटा घटना अनुसार खुदनाबारीका एकजना स्वास्थ्यकर्मीको सप्तरीमा मृत्यु भएको खवर कुनै श्रोतले दियो ।
कान्तिपूर एफएममा बजेपछि टेप रेकर्ड गरियो । त्यो समाचार समवेदना कार्यक्रममा पनि पढ्यो । भोलि पल्ट पत्रिकामा पनि प्रकाशित भयो । तर, भोलि पल्ट श्रोतले फेरि फलानो स्वास्थ्यकर्मी घाइते मात्र भएको भन्ने खवर दिइयो । श्रोत परिपक्व नभएका कारण सचेत भइएन भने हतारमा यस्ता कुराहरु प्रकाशण तथा प्रशारण गर्न नहुँने उनको जोड थियो ।
प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव युवराज आचार्यले गरेका थिए ।
Discussion about this post