२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापा–१ का योजनाहरु समावेश गर्न प्रधानमन्त्री ओलीको निर्देशन

बैशाख १०, २०८२, २:५४ .बुधबार
0
0
0
SHARES
216
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा झापा क्षेत्र नं.१ का योजनाहरु समावेश गर्न सम्बन्धीत मन्त्रालयका मन्त्रीहरुलाई आवश्यक व्यवस्थापन गर्न नीजि सचिवालयलाई निर्देशन गरेका छन् ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाईको नेतृत्वमा गएको टोलीलाई यस्तो कुरा बताएका हुन् ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले प्रधानमन्त्री ओलीज्युलाई आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि झापा क्षेत्र नं.१ का विभिन्न योजनाहरु समावेश गरिदिन अनुरोध गरिएको बताए ।

प्रधानमन्त्री ओलीले नीजि सचिवालयलाई झापा क्षेत्र नं.१ का योजनाहरु सम्बन्धीत मन्त्रालयका मन्त्रीहरुलाई आवश्यक व्यवस्थापन गर्न भनेर निर्देशन दिइएको नगरप्रमुख बुढाथोकीको भनाई छ ।

उनका अनुसार धुलाबारी स्थित राधास्वामी हुँदै लिलावस्तीको टिमाई पुल, खारखोलाले बगाएको पुलसहित भावना चोकदेखि सेलिङ्टारसम्मको निर्वाचन क्षेत्र रणनीतिक सडक जुन यसअघि प्रधानमन्त्रीज्युकै निर्देशनमा १० किलोमिटर सडक सम्पन्न भएको छ ।

हाल राधा स्वामीदेखि टिमाई उत्तरतर्फको साढे ५ किलोमिटर र बाँकी ३ किलोमिटर सडक निर्माणका लागि योजनामा समावेश गरिएको छ ।

त्यस्तै भुकृटीको भावना चोकसम्मको मोटरेवल पुल, मेचीनगर–१५ स्थित चौधरी चोक पारी हेल्दुवाडी जोड्ने निन्दा खोलाको पुल, मेचीनगर–११ स्थित कालिका सामुदायिक वनबाट वडा कार्यालय जाने हडिया खोलाको झापा मार्गको मोटरेवल पुल, मेचीनगर–१ स्थित मदन भण्डारी मार्गसँग जोडएिको तिरिङ खोलाको पुल योजनामा रहेका छन् ।

नगरप्रमुख बुढाथोकीले नकलबन्दा चिया वगानभित्र सरकारी स्वामित्वमा रहेको जग्गा जुन नगरपालिकाले केहि महिनाअघि डोजर लगाएर भत्काएको ठाउँमा पर्यटन विकास पार्क निर्माण गर्न बजेट माग गरिएको बताए ।

यस्तै काँकरभिट्टाको उशिइन हाइवेसँग जाडिएको बसपार्कदेखि सतिघट्टा जाने बाटोमा ओभर पास अण्डर ग्राउण्ड ब्रिजको माग, काँकरभिट्टामा बहुउदेश्यको बहुतले बसपार्क, कृष्णथुम्की पर्यटन विकास, तेलीबाडी–मैनालीबाडी टिकापुरबाट बासबाडीसम्मको सडक विस्तार, फोहोरमैला व्यवस्थापन, कृषिमा अर्गानिक खेती, शहरी विकासका लागि विभिन्न सडक लगायतका मागहरु योजनाका रुपमा प्रस्ताव पेश गरिएको उनले जानकारी दिए ।

टोलीमा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख प्रसाई, नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, नगरपालिकाका प्रवक्ता एवम् वडा नं.२ का वडाध्यक्ष दिपक बराल, एमाले मेचीनगर अध्यक्ष राजु कार्की, नगरपालिका युवा परिसद्का संयोजक कृष्ण काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी टोलीले मंगलबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल लगायतलाई भेटेर योजनाहरुका लागि बजेट माग गरेका थिए ।

यो टोलीमा झापा क्षेत्र नं.१ का सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनाली, निवर्तमान नगरप्रमुख विमल आचार्य लगायत रहेका थिए ।

 

पछिल्लो समाचार

मृत्यु नभएको व्यक्तिको समवेदना पढ्दा धन्न बाँचे : शिरो शान्दाई

अघिल्लो समाचार

मेचीनगरमा विषयगत समितिका सांसदहरुद्वारा योजनाको अनुगमन

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.