झापा, १८ बैशाख । उदयपुरको कटारीमा स्कारपियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका एक जना अधिकृतको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक कमल बजगाईँका अनुसार दुर्घटनामा झापा दमक–३ निवासी ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । उनी नगरपालिकाका कानून अधिकृत हुन् ।
मे.१ च.३०४० नम्बरको स्कारपियो अनियन्त्रित भई सडक किनाराको फलामको ट्रष्ट बेरियरमा ठोक्किएको थियो ।
त्यसैगरी, दमक–१० का वडाध्यक्ष राजेन्द्र भण्डारी, ६ का वडा सदस्य कमल श्रेष्ठ, नगरपालिकाकै सवारी चालक ३८ वर्षीय देवेन्द्र तामाङ, वडा नं.१ निवासी ४५ वर्षीय ज्ञानेन्द्र गौतम, वडा नं.२ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका–१ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन् ।
उनीहरूको प्रादेशिक अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरकिो भनाई छ ।




Discussion about this post