मेचीनगर, २६ वेशाख । बिर्तामोडका युवा व्यवसायी एवम् समाजसेवी विनोद बस्नेतको निधन भएको छ ।
आज उनलाई बिर्तामोड–१ स्थित आफ्नै निजी निवासमा मृत अवस्थामा भेटिएका हुन् ।
झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष, वीरता जेसीजका पूर्व अध्यक्ष, सयपत्री ट्रेड लिंकका सञ्चाल हुन् ।
बिर्तामोडका सफल व्यवसायी बस्नेत मिलनसार एवम् स्पष्ट वक्ता हुन् । पारिवारिक स्रोतका अनुसार उनलाई आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।




Discussion about this post