बाह्दर्शी, २९ बैशाख । हिजाे राति बर्षासँगै आएको हावा हुरीले बाह्दशीका किसानले लगाएकाे केरा खेती नष्ट हुँदा ५१ लाखकाे क्षति पुगेकाे छ ।
आइतबार राति साढे ६ वजे बर्षासँगै आएको हावा हुरीले बाह्दशी गाउँपालिका-७ स्थित बतिसविघेमा स्थानीय १५ जना किसानले ३० विघामा लगाएकाे केरा खेतीकाे बाेट नष्ट हुँदा ५१ लाख रूपैया बराबरकाे क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी सहायक निरीक्षक बलबहादुर राईको कमाण्डमा गएकाे टोलीले स्थलगत अवलाेकन गरेकाे थियाे ।




Discussion about this post