काँकरभिट्टा, २१ जेठ । आज मेचीनगर नगरपालिकाले एकै पटक चार ठाउँमा कालोपत्रे गरेको छ ।
मेचीनगर–६, काँकरभिट्टा स्थित वडा कार्यालय जाने बाटो (श्रीजंघा चोक), गोसखान लाइन, संगम चोक र मेचीनगर–११ को धाइजनको थ्रीपथ चोकमा कालोपत्रे गरेको हो ।
नगरपालिकाका पूर्वाधार विकास शाखाका प्रमुख इन्जिनियर रोशन रिमालले काँकरभिट्टाको तीन वटा चोक र मेचीनगर–११ र १४ को सीमानामा रहेको धाइजनको एउटा सडकमा कालोपत्र गरिएको जानकारी दिए ।
बुधबार करिव साढे आठसय मिटरको सडक कालोपत्रे गरिएको उनले बताए । सडक बोर्ड नेपाल र नगरपालिकाको साझेदारीमा उक्त सडकको कालोपत्रे गरिएको हो ।
विहान उक्त निर्माणाधीन सडकहरुको नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, पूर्वाधार विकास समिति संयोजक चित्र धिमाल, ६ नं.वडाका वडाध्यक्ष ललितबहादुर तामाङ, ११ नम्बर वडाका वडाध्यक्ष रुद्र डाँगी, १४ नं.वडाका वडाध्यक्ष बाबुलाल सुब्बा लगायतले अनुगमन तथा निरीक्षण गरेका थिए ।
मेचीनगरको पन्ध्र वटै वडाको विभिन्न चोकमा कालोपत्रे धमाधम भइरहेको छ ।




Discussion about this post