मेचीनगर, २२ जेठ । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको पहलमा थप पाँच वटा योजनाहरुको बजेट विनियोजन भएको छ ।
मेचीनगरका थप पाँच वटा योजनाको बजेट विनियोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको पहलमा भएको छ ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको पहलमा मेचीनगर–१० र ३ नम्बर वडा स्थित राधास्वामी, टिमाई हुँदै भावाना चोक, स्याङ्लटार सडक थप निर्माणका लागि ३ करोड, मेचीनगर–२ र ४ नम्बर वडाको हात्ती रिसोर्ट, मानवसेवा आश्रम हुँदै बौद्वमोड सडकका लागि ३ करोड, मेचीनगर–११ को मिलन चोक हुँदै मंगली जोड्ने सडक स्तरोनन्तीका लागि ३ करोड बजेट विनियोजन भएको जानकारी दिए ।
त्यस्तै मेचीनगर–११, १२ र १४ नम्बर वडा स्थित थ्रिबम पथ कालोपत्रे सडक योजनाका लागि ३ करोड र मेचीनगर–१० र ११ नम्बर वडाको पञ्चायत मार्ग हुँदै भानु आवासिय मावि बासबारी पर्यटन केन्द्र जोड्ने सडकका लागि ३ करोड बजेट विनियोजन भएको उनले बताए ।
मन्त्री दाहालले एक महिनाअघि मात्र ती योजनाहरुको स्थलगत अवलोकन तथा निरीक्षण गरेका थिए ।
यसैगरी नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, एमालेका नेता विष्णु प्रसाई र झापा–१ का संघीय सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह लगायतको पहलमा मेचीनगरका विभिन्न वडामा ४३ करोड १७ लाख ३० हजार रुपैयाँको बजेट विनियोजन भएको छ ।
यसपटक आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि मेचीनगरमा ५८ करोड १७ लाख ३० हजार रुपैयाँको बजेट विनियोजन भएको छ ।
Discussion about this post