झापा, २२ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
भ्रष्टाचारको मुद्दा दायर भएसँगै एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालको सांसद पद निलम्बनमा परेको छ ।
नेपालविरुद्ध पतन्जलीको जग्गा प्रकरणमा आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले छुट्टाछुट्टै कसुर किटान गरी नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग दावीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
तत्कालीन कानूनमन्त्री प्रेमबहादुर सिंह, भूमिसुधारमन्त्री स्व.डम्बर श्रेष्ठ, तत्कालीन मुख्यसचिव स्व.माधवप्रसाद घिमिरे (पछि गृह÷परराष्ट्रमन्त्री, तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई पनि प्रतिवादी बनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।




Discussion about this post