२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

वातावरण दिवसमा बाहुनडाँगीमा बाह्सय विरुवा वितरण

जेष्ठ २२, २०८२, ११:१० .बिहिबार
0
0
0
SHARES
123
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २२ जेठ । ५२ औँ विश्व वातावरण दिवसको अवसरमा मेचीनगर नगरपालिकाले वृक्षारोपणसहित एक हजार दुई सय विरुवा वितरण गरेको छ ।

‘स्वच्छ सास फेर्न हरियाली बढाऔँ प्लास्टिक प्रदूषण न्यूनिकरणमा हाम्रो दायित्व’ मुल नाराका साथ बुधबार नगरपालिकाले बाहुनडाँगीमा आयोजना गरेको विश्व वातावरण दिवसको अवसरमा एक हजार दुई सय विरुवा वितरण गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले विरुवा रोपेर उद्घाटन गरेकी थिइन् । उनले वातावरण स्वच्छ वा विषादी बनाउन व्यक्ति र समुदायको हातमा निर्भर हुने बताइन् ।

‘आफुले जस्तो बनाए, वातावरण त्यस्तै बनिने हो’, उप्रेतीले भनिन्–‘प्लास्टिक मुक्त नगर बनाउन धेरै अगाडिदेखिको प्रयास हो । सीप विकासको भवन बनिएको छ । त्यहाँबाट प्लास्टिकको झोलाको विकल्पका लागि कपडाको झोला उत्पादन गरिने छ ।’ विरुवा रोपेर त्यसको संरक्षणका लागि वातावरण प्रदूषण मुक्त बनाउन सबै लागि पर्नु पर्ने उनको भनाई छ ।

कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठ संसारभरि प्लास्टिक जन्य पदार्थको प्रयोगका कारण वन विनास, वातावरण प्रदूषणले भयावह रुप लिदै गरेको बताए । उनले हात्ती समस्या मात्र होइन यसलाई पर्या पर्यटनसँग जोड्नु पर्ने उनको बुझाई छ ।

प्रमुख अतिथि उपप्रमुख उप्रेती, प्रमुख प्रशासकी अधिकृत अग्निप्रसाद अधिकारी लगायतले विरुवा रोपे भने अन्य विरुवाहरु सहभागी सबैलाई वितरण गरिएको थियो । वितरण गरिएका विरुवाहरुमा सरिफा, चीउरी, अम्बक, वयर, जडुल, गुलमोर लगायतका फलफुल र अन्य प्रजातिका विरुवा थिए ।

सोही अवसरमा बालसुवोधिनी, सरस्वती मावि, विद्या विकास एकेडेमी, पूर्वाञ्चल बोडिङ स्कुल, लगायतका विद्यार्थीहरुले चित्रकला, लुङ्गी दौड, नित्य, बाँसुरीबाट गीत, फुटबल, साइकल रेस लगायतका प्रतियोगितामा समेत भाग लिएका थिए ।

त्यस्तै आरआरटी र नगरपालिकाको पशु तथा कृषि सेवा शाखाले कुकुरलाई टल्किने बेल्ट समेत लगाइदिएका छन् । कार्यक्रममा हात्ती खेदाउँदा लडेर घाइते भएका नगरप्रहरी प्रकाश बानियाँलाई पनि सम्मान गरिएको थियो ।

नगरपालिकाले आयोजना गरेको कार्यक्रमको सहआयोजकका रुपमा कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय झापा, राष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल रहेका थिए ।

कार्यक्रमको स्वागत गर्दै मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले वर्षौँदेखि हात्तीले जनताको धनजनको क्षति गर्यो, बाली परिवर्तन गर्नु पर्यो, यता हात्तीलाई पनि करेन्ट लगाइयो, गोली हानेर मारियो अब त्यसरी हुँदैन हात्तीमैत्री वातावरण बनाएर काम गर्नु पर्ने बताए ।

नगरपालिकाको वन, वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक एवम् मेचीनगर–१५ का वडाध्यक्ष गुणराज भट्टराई (राजन) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा नम्बर ४ कका वडा सदस्य पवन वराइलीले गरेका थिए ।

पछिल्लो समाचार

मेयर र सांसदको पहलमा मेचीनगरमा बजेटै बजेट

अघिल्लो समाचार

एसका अध्यक्षलाई भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.