२ मंसिर २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

मेचीनगरमा अटिजम तथा बौद्विक अपाङ्गता सम्बन्धी बहस (भिडियोसहित)

जेष्ठ २६, २०८२, १:१८ .सोमवार
0
0
0
SHARES
98
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २६ जेठ । मेचीनगर नगरपालिकाले अटिजम तथा बौद्विक अपाङ्गता भएका बालबालिकाहरुका लागि सामाजिक समावेशीकरण, शिक्षा र अन्य क्षेत्रमा पहुँच पुर्याउन के गर्न सकिन्छ भनेर बहस चलाएको छ ।

सोमबार नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा अटिजम तथा बौद्विक अपाङ्गता भएका बालबालिकाहरुका लागि समावेशी शिक्षा प्रवर्द्धन सम्बन्धी प्यानल छलफल कार्यक्रम भएको छ ।

प्यानल छलफल कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, बाल विकास विशेषज्ञ तथा मनोविद प्रिसिमा थापा (आशिषा) र नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.रुपक आचार्य सहभागी रहेका थिए ।

प्यानल छलफल कार्यक्रमको सहजीकरण लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेतीले गरेकी थिइन् ।

छलफलमा उपप्रमुख उप्रेतीले अटिजम तथा बौद्विक अपाङ्गता भएका बालबालिकाहरुको डेटा संकलन, व्यवस्थापनको स्थिति कस्तो छ, पहिचान, आवश्यकता, मुल्याङ्कन, सेवा प्रवाहको सुनिश्चिता गर्न, डेटा प्रणालीलाई प्रभावकारी बनाउन, थेरापी, विद्यालय निर्माण लगायतका योजना र सम्भावनाका विषयमा धारणा राखेकी थिइन् ।

शिक्षा शाखा प्रमुख भण्डारीले सामुदायिक विद्यालयका शिक्षकहरुलाई समावेशी शिक्षा, अपाङ्गता मैत्री आवश्यक सीप विकासका लागि दीर्घकालीन तालिमहरु, विद्यालयमा सहभागी गराउन अभिभावक र विद्यालयको भूमिका लगायतका योजनाहरुका बारेमा आफ्नो विचार राखेका थिए ।

बाल विकास विशेषज्ञ तथा मनोविद थापाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४, अवस्था, प्रकारका बारेमा व्याख्या गरिएको बताइन् ।

उनले सामाजिक समावेशीकरण, शिक्षा र अन्य क्षेत्रमा पहुँच पुर्याउन स्थानीय सरकार र समुदायसँग समन्वय गरेर अघि बढ्न अपाङ्गता भएका व्यक्तिहरुका अभिभावकहरुलाई सुझाव दिएकी थिइन् ।

त्यस्तै नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.आचार्यले अस्पतालमा उपचार गर्न अपाङ्गता भएका बालबालिकाको चाँप बढीरहेको जानकारी दिएका छन् ।

यस्ता बच्चाहरुको प्रारम्भिक पहिचान, लक्षणहरु सुरुवाती चरणमा नै थाहा हुने भएकाले सोही अनुसार अभिभावक, डाक्टरहरुले समयमा नै उपचारका विधि अपनाउनु पर्ने उनको जोड छ ।

कार्यक्रममा सहभागीहरुको जिज्ञासाहरु समेत प्यानल छलफलमा सहभागी उपप्रमुख उप्रेती, शिक्षा शाखा प्रमुख भण्डारी र बाल विकास विशेषज्ञ तथा मनोविद थापाले सहजरुपमा जवाफ दिएका थिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा सम्पन्न प्यानल छलफल कार्यक्रमको स्वागत करुणा फाउण्डेशनका मेचीनगर संयोजक पदम बराइली र सञ्चालन महिला, बालबालिका तथा नगरपालिका समाज कल्याण शाखाकी अधिकृत जयन्ती खरेलले गरेकी थिइन् ।

पछिल्लो समाचार

अब मेचीनगरमा करदाताले क्यूआरबाट कर तिर्न मिल्ने

अघिल्लो समाचार

बिर्तामोडमा विज्ञान प्रदर्शनी : बुद्धशान्तिको आदर्श मावि प्रथम

Related Posts

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान
banner -1

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान

कार्तिक २९, २०८२, ४:३४ .शनिबार
ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित
banner -2

ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित

कार्तिक २९, २०८२, १:५८ .शनिबार
एमालेले देखायाे देशभरी शक्ति
banner

एमालेले देखायाे देशभरी शक्ति

कार्तिक २९, २०८२, १२:०८ .शनिबार
ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.