मेचीनगर, ८ असार । रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान, सन् २०२५÷२०२६ का अष्सिटेण्ड गर्भनर (एजी) निकिता गिरीले हरेक रोटरियन र क्लबहरुले सञ्चारकर्मीसँग नङ र मासुको सम्बन्ध राख्नु पर्ने बताएकी छन् ।
काँकरभिट्टा स्थित होटल ग्रेसमा शुक्रबार क्लबका रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको ज्वइन्ट क्लब एसेम्ब्ली, २०२४÷०२५ को छैठौ र २०२५÷२०२६ को पहिलो ‘क्लब एसेम्ब्लीमा एजी गिरीले नाफारहित सामाजिक संस्था भएकाले त्यस्ता गतिविधिहरु बाहिर ल्याउन गिरीले रोटरियन र क्लबहरुले सञ्चारकर्मीसँग सहकार्य गरेर अघि बढ्नु पर्ने बताएकी हुन् ।
रोटरीले हरेक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै अब आफ्नो लागिमात्र नभई समाजका लागि पनि केही गर्नुपर्छ भन्ने हरेकको सोच हुनुपर्ने धारणा राखेकी थिइन् ।
उनले आफ्नो लागि मात्र नभएर समाजका लागि पनि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच र निःस्वार्थ भावनाले समाजमा केही गरौँ भन्ने विभिन्न क्षेत्रमा सक्रिय उद्योगी व्यवसायीहरु तथा विभिन्न पेशामा रहेका मानिसहरु मात्र रोटरीमा अटाउने विचार राखिन् ।
गिरीले सामाजिक, शैक्षिक, खेलकुद तथा स्वास्थ्य शिक्षालगायत हरेक सामाजिक सेवामा रोटरीले आफ्नो उपस्थितीसहित विभिन्न रचनात्मक एवम् सकरात्मक काम गरेकोमा सवै रोटरी क्लबप्रति धन्यवाद व्यक्त गरिन् ।
रोटरीले प्रचारमा भन्दापनि काममा विश्वास गर्ने बताउदैँ उनले रोटरी क्लबका बारेमा कुरा गर्दा वा सदस्य बनिरहदा सवैभन्दा पहिलो रोटरी के हो ? बुझ्न जरुरी रहेको उनको भनाई थियो ।
एजी गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लबका सन् २०२४÷२०२५ का अध्यक्ष डाक्टर आनन्दराज खनालले आफ्नो कार्यकालमा क्लबले गरेका विभिन्न गतिविधिका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
एजी गिरीले क्लबले गरेका हरेक बैठकको माईन्युट चुस्तदुरूस्त राख्न निर्देशन दिदैँ आवश्यकता आधारमा क्लबले योजनावद्ध रुपमा अघि बढ्नुपर्ने बताईन् । बैठकमा सवै सदस्यको अनिवार्य उपस्थिति आवश्यक औल्याएकी उनले अतिथि वक्ताका रूपमा क्लबका सदस्यहरूलाई पनि उपस्थित गराउन सकिने बताइन् ।
क्लबका सदस्यहरूको कुनै न कुनै विषयमा दख्खल भएको हुँदा प्रस्तुतीकरण दिन सकिने उनको भनाई छ । कार्यक्रममा क्लबका सन् २०२४÷२०२५ का अध्यक्ष डाक्टर खनालले आफ्नो कार्यकालमा क्लबले गरेका विभिन्न गतिविधिका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
क्लब एडमिनिस्ट्रेशन चियर रोहितकुमार बुढाथोकीतर्फबाट पूर्व अध्यक्ष सुजन प्रधान, रोटरी फाउन्डेशन चियर, मोहन निरौलाको तर्फबाट पूर्व अध्यक्ष इञ्जिनियर रुद्र मैनाली, मेम्बर सीप कमिटी चियर रीता प्रधान, पब्लिक इमेज चियर भगिरथ राईको तर्फबाट रविन सुवेदी, सर्भिस प्रोजेक्ट चियर दिपेन्द्रराज पाण्डेको तर्फबाट कमल गुभाजु, यूथ सर्भिस चियर पेमा तामाङले सन् २०२५÷२०२६ को अवधिमा प्रस्तुत गर्ने भावी योजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सन् २०२४÷२०२५ का अध्यक्ष डाक्टर खनाललाई अवार्ड समेत प्रदान गरियो । सन् २०२५÷२०२६ का सेक्रेटरी रविन सुवेदीले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई सन् २०२५÷२०२६ का प्रेसिडेन्ट इलेक्ट लक्ष्मीदेवी खनियाँ र प्रथम उपाध्यक्ष कृष्णराज पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।
जुलाइ १ बाट अध्यक्षमा श्रेष्ठ
अब एक सातापछि रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको नेतृत्व उदयकुमार श्रेष्ठले सम्हालने भएका छन् । सन् २०२५ जुलाइ १ बाट वर्तमान अध्यक्ष डाक्टर खनालको कार्यकाल समाप्त हुनेछ ।
प्रेसिडेन्ट इलेक्ट श्रेष्ठ जुलाइ १ बाट स्वतः अध्यक्ष हुने रोटरीको प्रावधान छ । उनी अध्यक्ष भएपछि डाक्टर खनाल स्वतः इमिडेट पास्ट प्रेसिडेन्ट हुने छन् ।
उनले रोटरीले स्वास्थ्य, शिक्षा, वातावरण लगायत सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई जीवन्त राख्दैँ आफ्नो कार्यकालमा क्लबलाई झन उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।
रोटरीले विश्व शान्ति, खानेपानी र सरसफाइ, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार तथा रोकथाम, आमा र नवजात शिशुको स्वास्थ्य उपचार, समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा पुर्याएको योगदानमा कमि आउन नदिन आगामी दिनमा समेत यस्ता कार्यले निरन्तरता पाउने श्रेष्ठले विश्वास दिलाए ।
को हुन श्रेष्ठ
३ कात्तिक २०२९ सालमा रामेछाप जिल्ला जिरीमा बाबु स्व.मोहनलाल श्रेष्ठ र आमा स्व.मीनादेवी श्रेष्ठका तीन छोरामध्ये उदय कान्छा हुन् । फेव्ररी १८, २०१० बाट उनी रोटरी प्रवेश गरेर अब अध्यक्ष बन्न लागेका हुन् ।
बीकम सम्मको अध्ययन गरेका श्रेष्ठ हरेक क्षेत्रमा उत्तिकै सक्रिय छन् । यसअघि धुलाबारी जेसीजमा एक्जेक्यूटिभ भाइस प्रेसिडेन्ट(इभिपी), नाइट चेस क्लब कार्यसमिति सदस्य, मेची उद्योग वाणिज्य संघका सचिव, नेवाः समाज समिति काँकरभिट्टा अध्यक्ष भइसकेका छन् ।
त्यस्तै, नेवाः देय् दबु मेचीनगर अध्यक्ष, नाट्टा कोशी प्रदेश अध्यक्ष, रोटरी क्लब अफ काँकरभिट्टामा तीन पटक सचिवको जिम्मेवारी कुशल पूर्वक निर्वाह गरेका उनी राजनीतिक जिम्मेवारीमा समेत उत्तिकै लगनशील छन् । समाजमा निक्कै लोकप्रिय श्रेष्ठ पर्यटन व्यवसायी हुन् भने त्यसमा उनको राम्रो दख्खल पनि छ ।
१२ फागुन २०६८ मा उदयपुरकी निश्मा श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएका श्रेष्ठ दम्पतिका एक छोरा र एक छोरी छन् ।




Discussion about this post