२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको समीक्षा

असार १७, २०८२, ६:५९ .मङ्लबार
0
0
0
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १७ असार । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका बारेमा समीक्षा गरेको छ ।

मंगलबार नगर सभाहलमा नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाले चालु आर्थिक वर्ष २०८१÷८२ को बार्षिक समीक्षा गरेको हो ।

मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करूणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्गता महासंघको प्राविधिक सहयोगमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनमा रहेको छ ।

२०८१÷८२ को बार्षिक समीक्षा कार्यक्रमको नगरपालिकाकी महिला विकास अधिकृत जयन्ती खरेलले प्रोजेक्टरमार्फत प्रस्तुत गरेकी थिइन् ।

जन्मजात अपाङ्गता पहिचानका लागि स्वास्थ्यकर्मीलाई २ वटा तालिम, ११९६ जना जन्मजात अपाङ्गता पहिचानका लागि नवजात शिशु मध्ये १५२६ जनाको जाँच र रेकर्ड, १४०८ जना नव दम्पतिलाई शुभकामना कार्ड वितरण, ८ जना मध्ये जन्मजात अपाङ्गता पहिचान भएका मेचीनगर–१३ का एकजना नवजात शिशुको उपचारमा सहयोग, १९९३ जनामध्ये ५६७ जनालाई फोलिक एसिड चक्कीको प्रभावकारिता वितरणका लागि पैरवी, विद्यालयमा स्वास्थ्य परीक्षणका लागि नर्सलाई २ वटा तालिम गरिएको छ ।

त्यस्तै, ५८३७ जना मध्ये ३६८४ जनाको विद्यालयमा स्वास्थ्य परीक्षण गरि विकास हुन सक्ने अपाङ्गता रोकथाम गर्न स्क्रिनिङ्ग क्याम्प सञ्चालन गरिएको छ । जस्मा ३१३२ जना सामुदायिक विद्यालय र ५५२ जना संस्थागत विद्यालय रहेका छन् ।

लक्ष्य अनुसार ५९ जनालाई अपाङ्गता रोकथामका लागि प्रेषण सेवा दिने भनिएकोमा १२० जनालाई उक्त सेवा दिएको थियो । जस्मा ८० जना विद्यार्थीहरु रेफर भएका थिए ।

८७५७ जनामध्ये ४६७५ जनालाई जन्मेको २८ दिनदेखि ५ वर्ष मुनिका बालबालिकाहरुमा हुनसक्ने जन्मदोष, अपाङ्गताको सीघ्र पहिचान र व्यवस्थापनका लागि २७ वटा खोप केन्द्रमा सञ्चालन भएको थियो ।

एकदिन नगरस्तरीय शिविरसहित १५ लक्ष्य अनुसार १६ वटा अपाङ्गता भएका व्यक्तिहरुको विशेषज्ञ चिकित्सक, प्राविधिकद्वारा प्रारम्भिक जाँच गरिएको छ ।

यसैगरी, २२९३ वटा प्रोफाइल तथा पुनःस्थापना योजना तयारी गरिएको छ । सीवीआर र सहजकर्ताका लागि आधारभूत फिजियोथेरापी सामग्री खरिद प्रक्रियामा रहेको छ । ६८ जनामध्ये ४२ जनालाई स्वास्थ्य उपचार सहयोग र ३४ दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई उपचार प्रक्रियामा रहेको छ । सीपी र अटिजम भएका परिवारका सदस्यहरुलाई हेरचाह गर्ने व्यक्तिहरुलाई २ वटा तालिम दिएको छ ।

८३ जनालाई विद्यालय भर्ना लक्ष्य रहेकोमा ३ जना शिक्षा शाखा मार्फत प्रक्रियामा रहेका छन् । शिक्षा शाखा मार्फत समावेशी शिक्षाका लागि शिक्षक र व्यवस्थापन समितिहरुलाई तीन वटा तालिम दिएको छ । शिक्षा शाखा मार्फत जेठ १५ गतेदेखि ४० जनामध्ये ३२ जनालाई अपाङ्गता भएका बालबालिकाहरुका लागि घरमा आधारित शिक्षा सञ्चालन भएको छ ।

९२ जनामध्ये ५२ जनालाई सीपमुलक र व्यवसायिक तालिम दिएको तथा ४५ जना नयाँ व्यवसायीलाई अनुदान प्रक्रियामा रहेको छ ।
१५ वटा मिलीजुली समूहका लागि सात लाख ५० हजार विउँ पुँजी सहयोगका लागि कार्यक्रम सम्पन्न भएको छ । २३५३ वटा पासबुक र रजिस्टर छपाई भएको छ । १३८० जनामध्ये ७६३ लाई अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्रमा पहुँच रहेको छ ।

सामाजिक सहभागिता वृद्विका लागि १५ वटा कार्यक्रम सञ्चालन भएको छ । एउटा नगरस्तरीयसहित १५ वटा अन्तराष्ट्रिय अपाङ्गता दिवस सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्ति वा उनीहरुका अभिभावकहरुको १५ वटा मिलीजुली समूह गठन भएको छ ।

फागुनमा गठन भएको मिलीजुली समूहको १५० मा ७५ वटा वैठक सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको पालिकास्तरीय एउटा संस्था गठन भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको संस्था सुदृढीकरण तथा अपाङ्गता सशक्तिकरण कार्यक्रम सञ्चालनका लागि दुई लाख रुपैयाँ निकास भएको थियो ।

मिलीजुली समूहका लागि २ वटा बचत, ऋण व्यवस्थापन तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको संस्थालाई एउटा क्षमता अभिवृद्वि तालिम, एउटा पालिकास्तरीय अर्धबार्षिक समीक्षा वैठक, १२ वटामा ५ वटा सीवीआर सहजकर्ता कार्यक्रम सम्पर्क व्यक्तिहरु र अपाङ्गता भएका व्यक्तिहरुको संस्थाको मासिक वैठक, ११ वटा अपाङ्गता समन्वय समितिको वैठक बसेको थियो ।

एउटा अपाङ्गता सहायता कक्ष स्थापना भई सञ्चालनमा रहेको छ । स्वास्थ्य शिविरको समयमा ४ वटा अनुगमन तथा मुल्याङ्कन गरिएको थियो ।

जलवायु परिवर्तन लगायतका कारण प्राकृतिक विपत्तिमा परेका अपाङ्गता भएका व्यक्तिहरुका लागि भनेर वडा नम्बर ३ का अपाङ्गता भएका व्यक्तिको घर आगलागी भएकोमा परिवारलाई १५ हजार सहयोग गरिएको छ ।

समीक्षा कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, वडा नम्बर १ का वडाध्यक्ष रामकुमार राई, कार्यपालिका सदस्य तिलजा देवान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले जन्मजात अपाङ्गता भएका व्यक्तिहरुलाई भगवानले होइन प्रकृतिले त्यस्तो बनाएको बताए । उनीहरुको संरक्षण र प्रर्वद्धनका लागि तीनै तहको सरकार पवित्र काममा लागेको उनको भनाई छ ।

सामाजिक विकास समिति संयोजक ह्दय राजबंशीको अध्यक्षतामा सम्पन्न बार्षिक समीक्षा कार्यक्रमको सञ्चालन महिला विकास अधिकृत खरेलले गरेकी थिइन् ।

 

पछिल्लो समाचार

पारिजात स्कुलमा एसईईमा पास हुनेलाई सम्मान

अघिल्लो समाचार

मेचीनगरले विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा दिने

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.