२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

मेचीनगरमा विकास : जताततै पिचै पिच

असार ३१, २०८२, १:३९ .मङ्लबार
0
0
0
SHARES
155
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३१ असार । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षमा साढे ४ किलोमिटर सडक कालोपत्रे गरेको छ ।

मेचीनगर नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख रोशन रिमालले चालु आर्थिक वर्ष २०८१÷८२ मा ४ दशमलव १९० किलोमिटर सडक कालोपत्रे गरिएको जानकारी दिए ।

उनका अनुसार सोही अवधिमा ६ दशमलव १० किलोमिटर ग्रावेल सडक र ३ दशमलव ५२१किलोमिटर कालोपत्रे सडक मर्मत समेत गरिएको छ ।

मेचीनगरका प्रायः सबै सडक अस्फाल्ट कालोपत्रे र सडकहरु स्तरोन्नति गरिएको छ । वडा नम्बर २ को मेरीगोल्डदेखि महल्या चोक जाने २५० मिटर सडक कालोपत्रे, ३ नम्बर वडाको खम्बुटार जाने १७० मिटर बाटोको स्तरोन्नति, वडा नम्बर ४ को ३५० मिटर केवी मार्ग सडक कालोपत्रे, वडा नम्बर ५ को बालकल्याण मार्गको कालोपत्रे, वडा नम्बर ७ को सतिघट्टा वीओपीदेखि पुरानो माइती नेपाल जाने सडक, ७ नम्बर वडा कार्यालय मेची राजमार्ग उत्तर लक्ष्मीनारायण मन्दिर र वडा नम्बर ६ को सुनगाभा मार्गबाट पश्चिम मोहन कटुवालको घर हुँदै कालीखोलातर्फ जाने बाटो गरी ५५० मिटर सडक कालोपत्रे गरिएको पूर्वाधार विकास शाखाले जनाएको छ ।

त्यस्तै वडा नम्बर ७ मा एक दशमलव ४५० मिटर सडक स्तरोन्नति गरिएको छ । वडा नम्बर ९ को ६ सय मिटर पशुपति मार्ग र खुटीडाँगी मार्गको सडक कालोपत्रे गरिएको छ ।

मेचीनगर–११ को लवनडाँगी लोबाढी सडक र अधुरो टिमाई तथा छविलाल मार्गमा ६१० मिटर सडक पनि कालोपत्रे गरिएको कार्यालयले बताएको छ । वडा नम्बर १२ को सुगम मार्गमा २१० मिटर सडकको स्तरोन्नति गरिएको छ ।

पूर्वाधार विकास शाखा प्रमुख रिमालले उक्त नयाँ सडक बनाउन र स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा ६ करोड ४८ लाख ५० हजार बजेट विनियोजन भएको बताए ।

नगरपालिकाको चालु आर्थिक वर्षको बजेटबाटै संघको सशर्त र कोशी प्रदेशको समपूरक अनुदानबाट नयाँ सडक बनाउन र स्तरोन्नतिको काम गरिएको हो ।

उक्त सडकहरुको नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, पूर्वाधार विकास समिति संयोजक चित्र धिमाल, सम्बन्धीत वडाका वडाध्यक्ष, वडा सदस्यहरुले स्थलगत अनुगमन तथा निरीक्षण गरेका थिए ।

यस्तै विश्व बैंकको सहयोगमा मेचीनगर नगरपालिकाको दुईवटा गौरवको योजनाको सहिद विरेन राजबंशीको नाममा रहेको धुलाबारी चोक उत्तर सहिद मार्ग र सहिद विश्वनाथ घिमिरेको नामको काँकरभिट्टा स्थित भट्टराई चोकदेखि बाहुनडाँगी बजारसम्मको सूर्योदय मार्गको काम धमाधम भइरहेको छ ।

सहिद मार्गको ११०० मिटर मध्ये केहि भागमा कालोपत्रे गर्ने काम भएको छ भने सूर्योदय मार्गको साढे ८ किलोमिटर सडकको पनि धेरै भागमा काम भइरहेको अवस्था छ ।

‘हामी निर्वाचित भएर आएपछि पूर्वाधार विकासमा तिव्रता दिएका छौँ’, नगरप्रमुख बुढाथोकीले भने–‘सोचे अनुसारको काम पनि भइरहेको छ । सायद सबै वडामा बाटो नपुगेको ठाउँ छैन होला । नगरभित्रै जताततै सडक बनिएपछि यातायातको सुविधाले किसानलाई कृषि उत्पादनका वस्तु बजारसम्म ल्याउन सहज भएको छ । यो पनि एउटा विकास हो । यस्तै अन्य क्षेत्रको विकासमा पनि हामी निरन्तर लागिरहेका छौँ । कामहरु पनि भइरहेका छन् ।’

उपप्रमुख उप्रेतीले अन्य क्षेत्रको विकासमा भन्दा पनि बाटो नै बनाईदिन अनुरोध गर्दै थुप्रै माग जनताबाट आएको बताइन् ।

पछिल्लो समाचार

‘मेचीनगर गोल्डकप’ मेचीनगरको गहना हो : संयोजक मैनाली

अघिल्लो समाचार

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.