२४ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राप्रपा नगर अधिवेशन

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ३, २०८२, ११:४४ .शनिबार
0
0
0
SHARES
110
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र विचार नमिल्नेहरु साथिहरुले बाटो तताउँदा हुने बताएका छन् ।

शनिबार धुलाबारी स्थित पासाङल्यामु स्मृति प्रतिष्ठान (टाउन हल) मा राप्रपा मेचीनगरले आयोजना गरेको पाँचौँ नगर अधिवेशनको उद्घाटनपछि बोल्दै अध्यक्ष लिङ्देनले पार्टीको अनुशासन र विधिमा नबस्नेहरु बाटो लाग्दा हुने बताएका हुन् ।

उनले भने ‘पार्टीभित्र भ्रष्टचार र कुनै प्रलोभनमा नपर्नेहरुसँग विचार मिल्ने बस्छन् । विचार नमिल्नेहरु बाटो तताएर हिड्दा हुन्छ ।’

अहिलेको व्यवस्था बदल्न आन्दोलनको विकल्प नरहेको भन्दै उनले आन्दोलनबाटै पहिलो पार्टी बनाउने गरी कार्यकर्ता र नेताहरुलाई संगठनमा लाग्न निर्देशन दिएका थिए ।

सबै पार्टीका नेतहरु भ्रष्टचारमा लागेकाले उनीहरु फायल खोलेर कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति सुदृढिकरणमा उजुरी दिएको उनको भनाई छ ।

भर्खरै अध्यक्ष लिङ्देनले पार्टीका नेताहरुलाई अनुसाशनको कारवाही गरेका छन् । पार्टीका विचार मिल्ने शिर्षनेताहरु विभिन्न गुटमा विभाजन भएका छन् ।

नेताहरुको सम्पति छानविन गर्न माग : खुश्बु ओली

कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य खुश्बु ओलीले २०४६ सालपछिका नेताहरुको सम्पति छानविन गर्नु पर्ने माग गरेकी छन् ।

शुक्रबारै मात्र नेताहरुको सम्पति छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति सुदृढिकरणमा निवेदन दिएको दावी गरिन् ।

‘नेपालमा भ्रष्टचारको ठुलो रोग छ’, ओलीले भनिन्–‘राप्रपा बाहेक सबै पार्टी भ्रष्टचारमा डुवेका छन् । सहि पार्टी र सहि नेतृत्व भए १० वर्षमा देश बन्छ ।’

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, धर्म, सास्कृतिक विभाग कोशी प्रदेशका अध्यक्ष ध्रुब शिवाकोटी, झापा अध्यक्ष केशवकुमार ओझा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सोही अवसरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा मोओवादी केन्द्र पार्टी परित्याग गरेर राप्रपामा आएका नवप्रवेशीहरुलाई खादा, अविर र टीका लगाएर सवगत गरिएको थियो । त्यस्तै विभिन्न समयमा पार्टीलाई योगदान गर्नेहरु सम्मानित भएका छन् ।

राप्रपा मेचीनगरकी अध्यक्ष एवम् कोशी प्रदेश सभा सदस्य सविना बजगाईले अध्यक्षतासहित चारवर्षे कार्यकालमा गरेका प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

राप्रपा नेता असोक सुब्बाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विशाmकृष्ण बाँस्तोलाले गरेका थिए । अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गरेको छ ।

पछिल्लो समाचार

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

अघिल्लो समाचार

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

Related Posts

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?
banner

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

बैशाख २३, २०८३, २:३० .बुधबार
बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा
banner -2

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

बैशाख २३, २०८३, १:४५ .बुधबार
आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा
banner -1

आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा

बैशाख २३, २०८३, १:०० .बुधबार
मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
box -1

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.