२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विपक्षीको कुरा सुनेर सम्मानित व्यक्ति पार्टीमा आउनु गलत : विष्णु प्रसाई

साउन ७, २०८२, ६:३९ .बुधबार
0
0
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ७ साउन । नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाईले केहि व्यक्ति र विपक्षीहरुको सल्लाहमा सम्मानित व्यक्ति पार्टीमा आउन नहुने बताएका छन् ।

आज काँकरभिट्टास्थित वीपी–पुष्पलाल बाटिकामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता कमरेड पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस कार्यक्रमका प्रमुख अतिथि प्रसाईले सम्मानित व्यक्ति पूर्व राष्ट्रियपति विद्यादेवि भण्डारी एमाले पार्टीमा आउन नहुने बताएका हुन् ।

एमाले क्षेत्रिय र मेचीनगर कमिटीले सयुक्त रुपमा आयोजना गरेको समृति दिवसमा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख समेत रहिसकेका प्रसाईले डा.शेखर कोइराला, बालेन साह, भीम रावल, नारायण काजी श्रेष्ठ, माधव नेपाल, बामदेव गौतम, प्रचण्ड लगायतका नेताहरुको कुरा सुनेर पार्टीमा अध्यक्ष बन्छु भन्दै पूर्व राष्ट्रियपति भण्डारी आउनु गलत भएको दावी गरे ।

उनले भने–‘अबको मिसन ०८४ मा एमाले पहिलो पार्टी बन्ने भएर अत्तालिएर पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई सक्ने गरी विपक्षी र केहि साथिहरुको कुरा सुनेर पूर्व राष्ट्रियपति भण्डारी पार्टीमा आउनु कुनै पनि हालतमा मान्य हुँदैन ।’

उनले पार्टी चलाउन, विक्षीलाई थर्काउन र देश–विदेशी शक्तिहरुसँग लड्न शालिन व्यक्तिले नसक्ने बताए । पार्टीको महाधिवेशनमा सबैले भने एउटा महिला पार्टीको अध्यक्ष र प्रधानमन्त्री बन्न सकिने उनको भनाई छ । नेता प्रसाईले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा कमरेड पुष्पलालको विचार सधैँ अमर रहने बताए ।

कार्यक्रममा एमाले झापा अध्यक्ष प्रेम गिरीले वर्ग मुक्ति आन्दोलनका अग्रज श्रष्ठा कमरेड पुष्पलालको अर्को सन्तान अर्थात सच्चा अनुयायी भनेको नै केपी शर्मा ओली बाहेक कोहि हुन नसक्ने बताए । उनले एमाले विनाको नेपाल र केपी शर्मा ओली बाहेकको एमाले पार्टी बन्न नसक्ने बताए ।
एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई सबैतिरबाट प्रहार भइरहेकाले गिरीले एमाले लातले हान्ने भकुण्डो होइन, एम्पायर भएको बताए ।

सबै तेना तथा कार्यकर्ताहरुले कमरेड पुष्पलाल र वीपी कोइरालाको पूर्णकदको सालिकमा माल्यार्पण गरेर कार्यक्रम सुरु गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य हरिचरण बानियाँ, एमाले कोशी प्रदेश सदस्य एवम् मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, नगर इन्चार्ज देवकुमार राई, पार्टी, राष्ट्रिय युवा संघ, मजदुर फाँट लगायतका जिल्ला, क्षेत्र, नगरका नेता, कार्यकर्ताहरुकोबाक्लो उपस्थिति रहेको थियो ।

एमाले क्षेत्रिय समन्वय कमिटीका अध्यक्ष कृष्ण कनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मेचीनगर अध्यक्ष राजु कार्कीले र सञ्चालन क्षेत्रिय सचिव राजु पोखरेलले गरेका थिए ।

पछिल्लो समाचार

हाँस्य टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ सार्वजनिक

अघिल्लो समाचार

रेमीले बाढ्यो हाउस वायरिङ तालिम लिएकालाई ‘टुल्स किट’

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.