
मेचीनगर, १६ साउन । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कुलको भ्यान आफै अनियन्त्रित भइ दुर्घटना हुँदा शिक्षक, विद्यार्थी र चालकसहित १९ जना घाइते भएका छन् ।
आज विहान १० वजे मेचीनगर–९, खुटिडाँगी स्थित भित्री सडक खण्डमा मागुरमाढीबाट स्कुल आउँदै गर्दा खोला तर्ने क्रममा अनियन्त्रित भइ भ्यान पल्टिदा शिक्षिका, चालकसहित १९ जना विद्यार्थी घाइते भएका हुन् ।
मे १ ज ३१०७ नम्बरको भ्यानबाट घाइते भएकी शिक्षिका प्रिति शिवा, चालक गणेश श्रेष्ठ, विद्यार्थीसहित ६ जनालाई बीएण्डसी र अन्यको आम्दा अस्पताल धुलाबारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार घाइते हुनेमा सोही ठाउँकी अन्दाजी २४ की शिक्षक प्रिति सिवा । उनको टाउकोमा चोट लागेको छ, आम्दामा सामन्य उपचार बीएण्डसी रेफर, भ्यान चालक वर्ष ४५ का गणेश श्रेष्ठ टाउकोमा चोट, बीएण्डसी रेफर, बर्ष ६ की सेविस्का राईको टाउकोमा चोट, बीएण्डसी रेफर, बर्ष ४ की समिरा बिसुङ्खे टाउकोमा र हातमा चोट, बीएण्डसी रेफर, बर्ष १० का आदित्य राई सामान्य, आम्दा अस्पताल, बर्ष ११ की सदिक्षा काफ्ले सामान्य आम्दा अस्पताल, बर्ष ११ को सोहित राजबंशी सामान्य आम्दा अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी बर्ष ११ का आयान सुब्बा सामान्य आम्दा अस्पताल, वर्ष ९ का सुजन गेरु, बर्ष ११ को अनुराग तामाङ सामान्य आम्दा अस्पताल, बर्ष १२ कि कृष्पा राई सामान्य आम्दा अस्पताल, बर्ष १२ का संयोग बिसुङ्खे सामान्य आम्दा अस्पतालबाट बीएण्डसी रेफर गरिएको छ ।
यस्तै, वर्ष ११ का प्रनिश राई सामान्य आम्दा अस्पताल, बर्ष ९ को समर्पण राई सामान्य आम्दा अस्पताल, बर्ष ६ कि सुसिता किसान सामान्य आम्दा अस्पताल, बर्ष ६ कि तानसोना लिम्बु सामान्य आम्दा अस्पताल, बर्ष ७ का सेसेहाङ लिम्बु सामान्य आम्दा अस्पताल, बर्ष ९ को अंगु बराई मगर , वर्ष १२ की एन्जिला राई सामान्य आम्दा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।
दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय धुलाबारीका इन्चार्ज प्रहरी निरीक्षक पाण्डवकुमार राजबंशीको कमाण्डमा टोली खटिएको थियो ।
थप अपडेट अनुसार ५ जना विद्यार्थी अस्पतालबाट भर्खरै डिस्चार्ज भएको प्रहरीले बताएको छ ।
(नोटः प्रहरीले पहिलो चोटी दिएको जानकारी गलत भएकोले फेरि सच्याएर प्रकाशित गरिएको छ : सम्पादक)




Discussion about this post