धुलाबारी, १५ साउन । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका मेचीनगरका एक युवाको केही दिनअघि मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका–३ का २५ वर्षीय अभिक्षित गिरीको साउन ११ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
एक बर्षअघि वैदेशिक रोजगारका लागि कुवेत पुगेका अभिक्षितको कोठामा सुतैकै अवस्थामा मृत्यु भएको उनका भिनाजु प्रदीप पुरीले जानकारी दिए ।
उनका अनुसार राजदुतावसमा जानकारी गराए छौँ । केही दिनमै उनको शव नेपाल आइपुग्ने छ ।
ससुरा सन्तलाल गिरी, सासु पद्मा गिरी, श्रीमानकुमार गिरीको मृत्युपछि हाल मेचीनगर–१० स्थित धुलावारीमा रहँदै आएकी बिना गिरीको एक मात्र छोरा अभिक्षित गिरी हुन् ।




Discussion about this post