बिर्तामोड, १६ साउन । बिर्तामोड उद्योग वाणिज्य संघले पूर्व उपाध्यक्ष गणेशप्रसाद सुवेदीलाई सम्मान गरेको छ ।
संघले विहीबार एक कार्यक्रमकाबीच पूर्व उपाध्यक्ष सुवेदीलाई कदरपत्रसहित सम्मान गरिएको हो ।
उनलाई संघका अध्यक्ष राजु न्यौपाने, वरिष्ठ उपाधयक्ष राजकुमार घिमिरे ‘राजु’, महासचिव कुशल खतिवडाल लगायतले सम्मान गरेका हुन् ।
बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’का लागि संघका पूर्व उपाध्यक्ष सुवेदीले सबैभन्दा धेरै रकम प्रदान गरेका थिए । उनले आफ्नो जन्मदिनको अवसरमा एक लाख १५ हजार रुपैयाँ कोषका लागि सहयोग गरेका थिए ।
बिर्तामोड–४ निवासी सुवेदी पुराना व्यवसायीका रुपमा परिचित छन् । उनले विगत लामो समयदेखि गणेश किराना स्टोर सञ्चालन गर्दै आएका छन् ।
अध्यक्ष न्यौपानेका अनुसार अहिलेसम्म ‘व्यवसायी सदस्य राहत कोष’ मा २२ लाख भन्दा बढी रकम संकलन भएको छ ।




Discussion about this post