मेचीनगर, १७ साउन । निमार्णाधीन सहिद मार्ग सडक अन्तरगत धुलाबारी बजार क्षेत्रका खाल्डा खुल्डीमा पानी जमेपछि सम्याउने काम गरिएको छ ।
धुलाबारी चौकदेखि टेक्सी स्टेण्ड सम्मका व्यापारीका पसल अगाडि खाल्डामा पानी जमेपछि मेची उद्योग बाणिज्य संघको पहलमा नगरपालिकाको प्राविधिक सहयोगमा जमेको पानी सम्याउने काम गरिएको हो ।
मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले केहिदिनदेखि रोकिएको सहिद मार्ग सडकले व्यापारीका पसल अगाडि खाल्डामा पानी जमेर हिड्न समस्या भएको बताए । व्यापारीहरुबाट गुनासो आएपछि आज जमेको पानी र खाल्डा खुल्डी सम्याउने काम गरिएको उनले बताए ।
शुक्रबार नगरपालिकामा डेलिगेशन गएर ध्यानाकर्षण गराएपछि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शनिबार जेसीवी, ट्याक्टर र प्राविधिक पठाइदिएको प्रसाईले बताए ।
नगरप्रमुख बुढाथोकीले आगामी भदौ पहिलो हप्तादेखि धुलाबारी चौकदेखि बजार सम्मको सडकको रोकिएको काम सूचारु हुने जानकारी दिएको अध्यक्ष प्रसाईले बताए ।
व्यापारीहरुको पसल अगाडि नालामा पानी जमेपछि तत्काललाई निकास दिन सम्याउने काम गरिएको उनले बताए ।
धुलाबारी चौकदेखि थोप्लेविरान सामुदायिक वन सम्मको साढे ५ किलोमिटर सडक बन्दै गरेको अवस्था छ ।
थोप्लेविरानबाट खानेपानी कार्यालय सम्मको सडक बनिसकेको छ । अब खानेपानी कार्यालयदेखि धुलाबारी चौक सम्मको सडक बन्न बाँकी छ ।
विश्व बैंककाे सहयाेगमा नगरपालिकाको गौरवको दुई वटा योजना अन्तरगत सहिद मार्ग (सहिद वीरेन राजबंशी) र काँकरभिट्टा भट्टराई चौकदेखि बाहुनडाँगी बजार सम्मको सूर्योदय मार्ग (सहिद विश्वनाथ घिमिरे) निमार्णाधीन अवस्थामा रहेको छ ।




Discussion about this post