१६ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

व्यवसाय

पोल्ट्री व्यवसायीले प्रधानमन्त्री ओलीलाई भेटेर राखे समस्या

साउन १९, २०८२, ७:२४ .सोमवार
0
0
0
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

झापा, १९ साउन । झापाका पोल्ट्री व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना समस्याहरु अवगत गराएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पोल्ट्री क्षेत्रमा देखिएका समस्या चाँडै समाधान गरिने आश्वसन दिएका छन् ।

नेपाल र भारतमा कुखुराको मासु, चल्ला, अण्डा, दाना, कर लगायतका पोल्ट्री व्यवसायीका समस्याहरुका विषयमा भर्खरै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएका थिए ।

प्रधानमन्त्री ओलीलाई नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष लक्ष्मीदास मानन्धर, नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीको हस्ताक्षर रहेको ज्ञापनपत्र बुझाइएको थियो ।

झापा लगायत देशभरि ह्याचरी, दाना उद्योग, कुखुरा पालन व्यवसाय धरासयी हुँदै गएकाले समस्या समाधानका लागि प्रधानमन्त्री ओलीसँग भेट गरिएको मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले बताए । प्रसाईले प्रधानमन्त्री ओलीले किसानहरुको समस्या चाँडै समाधानका लागि पहल गरिने बताएको जानकारी दिए ।

कुखुराको दानाका लागि भारतबाट आयात हुने भटमासको पिना र मकैलाई नेपालको भन्सारले कृषि सुधार शुल्क भनेर किसानलाई मकैमा ५ प्रतिशत र भटमासमा ९ प्रतिशत कर लाउने गरेको नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय सदस्य सुवोध निरौलाले बताए ।

कुखुराको दानाका लागि कच्चा पदार्थका रुपमा भटमासको पिना र मकै भारतबाट आयात हुने गरेको छ । नेपालमा मकै ६० प्रतिशत मात्र उत्पादन हुन्छ भने भटमासको उत्पादन नगन्य छ ।

भटमास र मकैका लागि भारत गइरहेको ठुलो धनराशी रोक्न पनि किसानलाई समयमा नै मलखाद, सिँचाई, विउँ विजन र कृषि तालिमको व्यवस्था गर्नु पर्ने संघको माग छ ।

‘विगत ५ वर्षमा नेपालमा ३५ लाख चल्ला उत्पादन हुन्थ्यो’, केन्द्रीय सदस्य निरौलाले भने–‘अहिले हप्तामा उत्पादन भएका २६ लाख चल्ला मात्र बिक्री हुन्छ । हप्तामा ५ लाख कुखुराको मासु बिक्री नभएर खेरा गइरहेको छ ।’

खुल्ला सीमा नाका कारण प्रतिबन्धित कुखुराको मासु, चल्ला र अण्डा अवैध रुपमा नेपाल छिरिरहेको निरौलाको दावी छ । नाकामा अवैध रुपले आइरहेको पोल्ट्रीजन्य पदार्थले सरकारलाई कर पनि नआउने र बर्डफ्लु जस्तो रोग निम्तिने खतरा रहेको छ ।

नेपालमा प्यारेन्ट चल्ला, एकदिने ब्रोइलरको चल्ला, तयारी कुखुरा, तयारी मासु, अण्डा र दानामा आत्मनिर्भर बन्दै गइरहेकाले सीमा नाकाबाट अवधरुपमा भित्रिन नदिन कडाइ गर्नु पर्ने उनीहरुको भनाई छ । भन्सार छुट र अवैध रुपमा छिरेका पोल्ट्रीजन्य पदार्थ रोक्न प्रधानमन्त्रीसँग गम्भिर छलफल गरिएको निरौलाले बताए ।

संघको तर्फबाट टोलीमा नेकपा एमालेका नेता विष्णु प्रसाई, नेपाल उद्योगा बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, मेची उद्योग बाणिज्य संघका अध्यक्ष प्रसाई, नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष मानन्धर, नेपाल दाना उद्योग संघका अध्यक्ष पुरी, नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय सदस्य निरौला लगायत रहेका थिए ।

पछिल्लो समाचार

बाणिज्य संघले बाढ्यो आगलागी पीडितलाई ‘व्यवसायिक राहत कोष’

अघिल्लो समाचार

´एस` झापाले स्थापना दिवसमा टिकटक प्रतियोगिता गर्ने

Related Posts

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण
banner

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण

माघ १५, २०८२, ४:४६ .बिहिबार
गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 
banner -1

गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 

माघ १४, २०८२, ४:२८ .बुधबार
वालविवाह सम्बन्धि अभिभावकसँग कानुनी छलफल
banner -1

वालविवाह सम्बन्धि अभिभावकसँग कानुनी छलफल

माघ १३, २०८२, ३:५८ .मङ्लबार
जेनजी आन्दोलनमा हराएका हतियारबाट चुनावमा कुनै घट्ना हुन दिदैनाैं : एसपी खड्का
banner

जेनजी आन्दोलनमा हराएका हतियारबाट चुनावमा कुनै घट्ना हुन दिदैनाैं : एसपी खड्का

माघ १३, २०८२, १:२२ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.