२९ मंसिर २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कृषि

नगरपालिकाको अनुदानमा कृषिमा आत्मनिर्भर बन्दै किसान

साउन २२, २०८२, ३:१२ .बिहिबार
0
0
0
SHARES
129
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २२ साउन । मेचीनगरमा तरकारी, सुपारी र आलु खेती गर्ने कृषकहरु आत्मनिर्भर बन्ने बाटोतर्फ लागेका छन् ।

मेचीनगर नगरपालिकाको सहयोग लिएर तरकारी, सुपारी र आलु खेती गर्ने कृषकहरु कृषि व्यापार प्रर्वद्धनमा जुटेका हुन् ।

आलु खेतीमा आत्मनिर्भर बन्दै गरेका मेचीनगर–१५ स्थित भाङ्गा सीतु कृषि फर्मका सञ्चालक रुहीदास राजबंशीले अघिल्लो वर्ष भन्दा यसवर्ष बार्षिक २ लाख बढी नाफा कमाएको बताए । उनले अघिल्लो वर्ष ५ लाख नाफा कमाएका थिए भने यसवर्ष ७ लाख नाफा भएको बताएका छन् ।

४ विघा क्षेत्रफलमा आलु खेती गरिरहेका कृषक राजबंशीले यसवर्ष ५५ टन आलु बिक्री गरेको जानकारी दिएका छन् । सुरुमा २६÷२७ रुपैयाँ प्रतिकेजी आजु बिक्री भएपनि पछिल्लो समय ३२÷३३ रुपैयाँले बिक्री गरेको उनको भनाई छ ।

उनका अनुसार यसवर्ष ७ लाख रुपैयाँ आम्दानी भएको छ । गतवर्ष ५ लाख नाफा भएको थियो । आगामी वर्ष करिव ७ विघा जग्गामा खेती गरेर १० लाख नाफा कमाउने लक्ष्य छ ।

नगरपालिकाले २०८१÷०८२ मा आलु खेती प्रर्वद्धनका लागि भाङ्गा सीतु कृषि फर्मका सञ्चालक राजबंशीलाई ५० प्रतिशत अनुदानमा रकम सहयोग गरेको थियो ।

त्यस्तै मेचीनगर–१ तिरिङ स्थित मेची कृषक समूहका अध्यक्ष एवम् सुपारी उत्पादनमा लामो समयदेखि लागेका कृषक रत्नबहादुर कार्कीले नगरपालिकाले सुपारी बेर्ना उत्पादनका लागि सहयोग गरेको बताए ।

उनका अनुसार २०८१÷०८२ मा करिव ४० हजार सुपारीको बेर्ना उत्पादन गरिएकोमा १० हजार बेर्ना बिक्री गरिएको छ । २० जना कृषकको समूहलाई जमिन अनुसार एक हजारदेखि १५ सयसम्म विरुवा वितरण गरिएको छ । कार्कीले आफ्नै पनि ३२ कठ्ठा जग्गामा तीस वर्ष अघिदेखि सुपारी खेती गरिरहेका छन् ।

‘धमिरा रोग र हात्तीका कारण केहि सुपारीका बोटहरु मासिएको छ’, कार्कीले भने–‘तीनसय ५०वटा बोट लगाएको छु । बार्षिक ४ लाख नाफा हुन्छ । यसपाली ४६० वटा लगाएको छु । चार वर्षमा उत्पादन दिन थाल्छ । अर्को वर्ष एक हजार बोट रोपेर ८÷१० लाख नाफा बनाउने उदेश्य रहेको छ ।’

उनले भने ‘खेतमा सुपारी लटररम्म फलेपछि व्यापारीहरु घरैमा आउने गरेका छन् । व्यापारीलाई बगान नै मोलेर सुपारीको दाना दिने गरिएको छ । अघिल्लो पटक ९५ क्विन्टल भएको थियो । यसपटक ६५ क्विन्टल मात्र भयो । खर्च खासै हुँदैन । बार्षिक ४ लाख नाफा हुन्छ ।’

उनले कृषि ज्ञान केन्द्र भद्रपुरबाट पनि ५० प्रतिशत अनुदानमा सुपारी खेतीका लागि आवश्यक पर्ने औजार पावर टेलर सहयोग लिएको बताए ।

यता मेचीनगर–३ का चार जना कृषक मिलेर सञ्चालन गरेको समृद्वि कृषि फर्ममा विभिन्न प्रकारका तरकारीहरु फलाएका छन् । सीजन अनुसारका तरकारीहरु उत्पादन गरेर बजार तथा गाउँमा नै बिक्री गर्ने गरेको फर्मका सञ्चालक पुष्प गुरागाईले बताए ।

विगतमा माओवादी पृष्ठ भूमिबाट आएका नेकपा एमालेका जिल्ला सदस्य समेत रहेका कृषक गुरागाईले डेढ विघा जग्गामा चार जना मिलेर तरकारी खेती गरिएको जानकारी दिए ।

सीजनमा करिव १८ क्विन्टल करेला, ५५ क्विन्टल टमाटर, १२ क्विन्टल फुलकोपी, १० क्विन्टल बन्दाकोपी, चाइनीज फर्सी, काँक्रा, खरवुजा लगायतका तरकारी र फलफुल बिक्री गरिएको उनको भनाई छ । जैविक विषादीको झोल र प्राङ्गरिक मलबाट अर्गानिक तरकारी उत्पादन गरिएको गुरगाईको दावी छ ।

उनका अनुसार बाँदर आंतकका कारण भने जस्तो तरकारी खेती गर्न सकिएको छैन । हात्ती भन्दा पनि बाँदरले बढी दुःख दिएको छ ।
‘सीजनमा काँक्रा मात्रै करिव ७० हजार रुपैयाँको बिक्री गरियो’, गुरागाईले भने–‘बार्षिक ४ लाख नाफा हुन्छ । तरकारी पकेट क्षेत्र भनेर २०८१÷८२ मा नगरपालिकाले विउँ विजनमा सहयोग गरेको छ ।’

नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानका अनुसार २०८१÷०८२ मा सुपारी खेती विस्तारका लागि तालिम कार्यक्रम अन्तर्गत सुपारीको व्यवसायिक उत्पादन वृद्धि गर्ने उद्धेश्यले मेचीनगर–१, २, ३, ४ का ४० जना, मेचीनगर–९ का ४० जना र मेचीनगर–१२ का ४० जना गरि १२० जना सुपारी खेती गर्ने कृषकहरुलाई सहभागी गराई आधुनिक सुपारी खेती प्रविधि सम्बन्धि तालिम समेत दिएको छ ।

यस्तै संघीय सशर्त अनुदान तर्फको तरकारी वाली पकेट विकास कार्यक्रम अन्तर्गत पकेट विकासका लागि छनौट गरिएका वडाहरु मेचीनगर–२, ३ र ७ का २५ जना व्यवसायिक तरकारी उत्पादक कृषकहरुलाई समावेश गराइ १२ विगाहा जग्गामा व्यवसायिक रुपमा तरकारी उत्पादन कार्य गरिएको प्रधानले बताए ।

साथै, पकेट विकास कार्यक्रममा आवद्ध २५ जना कृषकहरुलाई दश लाख १६ हजार ३९९ रुपैयाँ वरावरको प्रोत्साहन अनुदान रकम उपलब्ध गराएको छ ।

प्रदेश सशर्त अनुदान तर्फको आलु खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत व्यवसायिक आलु उत्पादनका लागि छनौट गरिएका वडा मेचीनगर–१५ का ४ जना कृषकहरु चामलिङ्ग कृषि फर्म, रुहीदास कृषि फर्म, न्यू भेट्वाल कृषि फर्म र नेपाली वावु स्मार्ट कृषि फर्मलाई व्यवसायिक रुपमा आलु उत्पादन गर्ने उदेश्यले समावेश गरेर साढे १२ विगाहा जग्गामा व्यवसायिक रुपमा १०० टन भन्दा वढी आलु उत्पादन गरेको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले जानकारी दिए ।

कार्यक्रममा आवद्ध उनीहरुलाई पाँच लाख ९६ हजार ५०० रुपैयाँ वरावरको प्रोत्साहन अनुदान रकम दिइएको उनको भनाई छ ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले कृषि कार्यक्रम अन्तरगत नगरका कृषकहरुलाई कृषिमा आत्मनिर्भर बन्नका लागि आवश्यक विभिन्न प्रकारका औजारहरु र नगद अनुदान दिएको बताएका छन् ।

 

 

पछिल्लो समाचार

´एस` झापाले स्थापना दिवसमा टिकटक प्रतियोगिता गर्ने

अघिल्लो समाचार

पहिरोको जोखिममा रहेका घरहरुको मेयर, सीडीओद्वारा निरीक्षण

Related Posts

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित
banner

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

मंसिर २८, २०८२, ३:२२ .आइतवार
मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता
banner -2

मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता

मंसिर २८, २०८२, १:३१ .आइतवार
बिन्ती साकोसको साधारण सभा
box -2

बिन्ती साकोसको साधारण सभा

मंसिर २८, २०८२, १२:५५ .आइतवार
एमाले अजम्बरी छ : ओली
box -1

एमाले अजम्बरी छ : ओली

मंसिर २७, २०८२, ११:४४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.