२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

पहिरोको जोखिममा रहेका घरहरुको मेयर, सीडीओद्वारा निरीक्षण

साउन २२, २०८२, १२:५२ .बिहिबार
0
0
0
SHARES
347
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २२ साउन । लगातारको वर्षाले पहिरोको जोखिममा रहेको काँकरभिट्टाका केहि घरहरुको मेचीनगर नगरपालिका, जिल्ला प्रसाशन कार्यालय र सुरक्षाकर्मीहरुको टोलीले आज स्थलगत निरीक्षण गरेका छन् ।

मेचीनगर–६, काँकरभिट्टा सूर्योदय मार्ग पूर्वपटिको मेची टोलका ३५ घर पहिरोको जोखिममा रहेका छन् ।

३५ घर मध्ये पहिरोको उच्च जोखिममा रहेका ११ वटा घरको विहीबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, निवर्तमान नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन लिम्बु, सशस्त्र प्रहरी बल नेपाल नं.२ गण हेडक्वाटर झापाका प्रमुख एसपी तुलबहादुर भण्डारी, ६ नं.वडाका वडाध्यक्ष ललितबहादुर तामाङ लगायत जनप्रतिनिधिहरुले निरीक्षण गरेका थिए ।

नगरप्रमुख बुढाथोकीले जोखिममा रहेका सबै घरहरुका विषयमा प्रमुख जिल्ला अधिकारी, नगरपालिका, राजनीतिक दल लगायत सबैसँग सर्वदलीय वैठक बसेर निर्णय गरिने बताए ।

उच्च जोखिममा रहेका घरका जनतालाई जतिबेला पनि पहिरो आएर घर भत्कने भएकाले तत्काल विकल्पका रुपमा सुरक्षित आवास व्यवस्था गरिने जानकारी गराएको नगरप्रमुख बुढाथोकीले बताए ।

यही साउन १८ गते वर्षासँगै आएको पहिरोले टंकबहादुर भारती र ज्ञानबहादुर गिरीको घरको पछाडि पटिको भाग भत्काइदिएको छ । गिरीको एकतले जस्ताको छाना भएको घरको भान्सा र पर्खाल भत्किएको छ ।

जोखिममा रहेका ११ घरका परिवारले पहिरोको जोखिम रोकथामका लागि वडामा निवेदन पेश गरेका छन् । पहिरोको जोखिममा टंकबहादुर भारती, ज्ञानबहादुर गिरी, डोलमाया पुरी, गणेश चौहान, हेमकुमारी बुढाथोकी, राजकुमार कार्की, तीलप्रसाद राई, कृष्ण रसाइली, उत्तम रसाइली, मानबहादुर रसाइली र डकबहादुर रसाइली रहेका छन् ।

उच्च जोखिममा रहेका घरधनी भारतीका अनुसार यही साउन १८ गते दिउँसो पानी परिरहेको थियो । घरपछाडि कर्याक कर्याक गरेको आवाज आएपछि हेर्न जाँदा पहिरोले भान्सा र पर्खाल भत्कीयो । अब घर लड्ने भयो भनेर परिवार सबै हतार हतार भागेर बाटोतिर आएर गाउँलेहरुसँग गुहार माग्यो ।

जोखिममा रहेका घरको पछाडि पटि पानी पर्दाखेरि रोक्न केहि प्राविधिक कुराहरुको आवश्यक पर्ने भएकाले त्यसको रोकथामका लागि नगरपालिकासँग समन्वय गरेर उपाय खोजिने सीडीओ अधिकारीको भनाई छ । सोही विषयमा ताज होटलमा एकछिन छलफल भएको थियो ।

पछिल्लो समाचार

नगरपालिकाको अनुदानमा कृषिमा आत्मनिर्भर बन्दै किसान

अघिल्लो समाचार

सहारा र एनएमसीलाई पछ्याउँदै सिम्रिक सहकारी

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.