८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिक्षा

कट्टेल प्रतिष्ठानले दियो आदर्श माविलाई १० थान कम्प्युटर

साउन २९, २०८२, ५:४६ .बिहिबार
0
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २९ साउन । झनकप्रसाद–खीनमाया कट्टेल समाज कल्याण प्रतिष्ठानले आदर्श मावि ईटाभट्टालाई अत्याधुनिक दस थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ ।

विहीबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरेर प्रतिष्ठानले उक्त कम्प्युटर हस्तान्तरण गरेको हो ।

हस्तान्तरण गरिएको कम्प्युटर ल्यावको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले संघीय सरकारले शिक्षा नीति संशोधन नगरेका कारण स्थानीय तहमा बजेटको अभावै अभाव रहेको बताए । उनका अनुसार स्थानीय सरकारले पिच नबनाउने हो भने शिक्षामा धेरै बजेट लगानी गर्न सकिने छ ।

उनले भने ‘दाताले विद्यार्थीहरुको उज्जवल भविश्यका लागि दिएको सुविधायुक्त कम्प्युटर प्रयोगविहिन भएर दुरुपयोगको अवस्थामा नपुगोस् । सदुपयोग होस् भन्ने कामना गर्दछु ।’

प्रतिष्ठानका अध्यक्ष एवम् विद्यालयका पूर्व विद्यार्थी डम्बरु वल्लभ कट्टेलले आगामी दुई वर्षभित्र २० वटा कम्प्युटर दिने गरी यसवर्ष १० वटा कम्प्युटर हस्तान्तरण गरेका हुन् । अत्याधुनिक सुविधायुक्त एउटा कम्युटरको करिव एकलाख रुपैयाँ पर्ने बताइएको छ ।

पूर्व विद्यार्थी कट्टेलले यसअघि बुबा झनकप्रसाद कट्टेलको नाममा एक लाखको अक्षयकोष पनि खडा गरिदिएका छन् । स्व.झनकप्रसादले नकलबन्दा स्थित मेची डिलमा रहेको यस विद्यालयलाई ईटाभट्टा ल्याउन ठुलो योगदान रहेको थियो ।

२०२५ सालमा स्थापना भएको विद्यालयमा हाल ११ सय विद्यार्थी पढ्दै छन् । कम्प्युर ल्यावमा यो दश वटा कम्प्युटर २५ वटा पुगेको छ । कक्षा–१ देखि १२ सम्म अध्यायन गर्ने विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा सहज हुँदै गएको छ ।

प्रतिष्ठानका अध्यक्ष कट्टेलका अनुसार आफु पढेका बेला यस्तो कम्युटर देख्न पाइएन, अब का विद्यार्थीहरुले अहिलेको टेक्नोलोजीलाई नपछए धरै छैन । त्यसैले उच्च शिक्षा हासिल गर्न प्राविधिक रुपमा विद्यार्थीलाई मद्दत पुग्ने छ । यही स्कुलको पूर्व विद्यार्थी समेत भएकाले मैले भविश्यमा विद्यालयलाई सक्ने सहयोग गरिरहने उनको भनाई छ ।

उनले भर्खरै बुबा स्व.झनकप्रसाद कट्टेलको ‘झनक बाजे–एक भुईमान्छे’ स्मृतिग्रन्थ प्रकाशित गरेर सार्वजनिक समेत गरिसकेका छन् ।

कार्यक्रममा स्व.झनकप्रसाद कट्टेलकी पत्नी खीनमाया कट्टेल लगायत कट्टेल परिवार, वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमला, वडा सदस्यहरु, प्रतिष्ठानका पदाधिकारीहरु, शिक्षक, विद्यार्थी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

आदर्श माविका व्यवस्थापन समिति अध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रधानाध्यापक कृष्ण पुरीले र सञ्चालन सहायक प्रधानाध्यापक लम्बोदर पौडेलले गरेका थिए ।

पछिल्लो समाचार

बालुवाटार जग्गामा पुरीसहित ९ जना भ्रष्टाचारी ठहर

अघिल्लो समाचार

काँकरभिट्टाका पहिरो पीडितलाई मन्त्री र सांसदको आश्वसन

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.