२६ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

काँकरभिट्टाका पहिरो पीडितलाई मन्त्री र सांसदको आश्वसन

साउन २९, २०८२, १:४२ .बिहिबार
0
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २९ साउन । काँकरभिट्टाको उच्च जोखिममा रहेका घरहरुको विहीबार मन्त्री, सांसदहरुले पनि स्थलगत अनुगमन गरेका छन् ।

वर्षाका कारण पहिरोको जोखिममा रहेको मेचीनगर–६, काँकरभिट्टा स्थित सूर्योदय मार्ग पूर्वपटिको मेची टोलका दुई वटा घरको मन्त्री, सांसद, मेयर, उपमेयर लगायतले अनुगमन गरेका हुन् ।

कोशी प्रदेश सरकारका खानेपानी, सिञ्चाई तथा उर्जा मन्त्री एकराज कार्कीसहितको टोलीले आज उच्च जोखिममा रहेको टंकबहादुर भारती र ज्ञानबहादुर गिरीको घर अनुगमन गरेका छन् ।

मन्त्री कार्कीले घरको प्रकृति हेर्दा तत्कालका लागि पानी तर्काउने काम बाहेक केहि गर्न नसकिने बताए । ‘अहिले बजेट हालेर काम गर्न सकिने अवस्था छैन’, मन्त्री कार्कीले भने–‘बर्खा सकिएपछि सबैसँग सल्लाह गरेर बजेट राखेर दीगोरुपमा काम गर्नु पर्छ । तत्काललाई पानी छेक्न नगरपालिकाले र अन्य क्षेत्रका सामाजिक संघ–संस्थाले काम गरिरहेको छ । सबैसँग सल्लाह गरेर ठोस निर्णयमा पुग्छौँ ।’

संविधानसभा सदस्य, नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिकाका प्रथम मेयर रविन कोइरालाका अनुसार तत्काललाई पानी परेर असर गर्ने भएकाले पानी जम्न दिनु हुँदैन । रोक्नु पर्छ । घरलाई छुनु हुँदैन जोखिम छ । दुई महिनापछि राज्यले जनताको तटबन्धनबाट काम गर्नु पर्छ ।

कोशी प्रदेशका सांसद गोपाल तामाङले बर्खा सकेपछि बजेटको व्यवस्थापन गरिने बताएका छन् ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, ६ नम्बर वडाका वडाध्यक्ष ललितबहादुर तामाङले उच्च जोखिम र जोखिममा परेका ३५ घरको संरक्षणका लागि प्राविधिकले करिव ९ करोडको स्टिमेट तयारी गरेको बताए । त्यसका लागि प्रदेश र संघीय सरकारसँग पहल भइरहेको नगरप्रमुख बुढाथोकीले जानकारी दिए ।

उच्च जोखिममा रहेका घरका जनतालाई जतिबेला पनि पहिरो आएर घर भत्कने भएकाले तत्काल विकल्पका रुपमा सुरक्षित आवास व्यवस्था गरिने जानकारी गराइएको उनको भनाई छ ।

सिञ्चाई कार्यालय झापाका इन्जिनियर हरिकृष्ण आचार्य लगायतको प्राविधिक टोलीले पनि मनत्री कार्कीलाई सल्लाह दिएका थिए ।
यही साउन १८ गते दिउँसो १ वजे वर्षासँगै आएको पहिरोले भारती र गिरीको घरको पछाडि पटिको भाग भत्काइदिएको छ । गिरीको दुई तलाको जस्ताको छाना भएको घरको भान्सा र पर्खाल भत्किएको छ ।

यसअघि पनि जोखिममा रहेका घरहरुको नगरप्रमुख बुढाथोकी, निवर्तमान नगरप्रमुख विमल आचार्य, उपप्रमुख उप्रेती, झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, वडाध्यक्ष तामाङ, जिल्लाका सुरक्षाकर्मीहरुले स्थलगत अनुगमन गरेका थिए ।

पछिल्लो समाचार

कट्टेल प्रतिष्ठानले दियो आदर्श माविलाई १० थान कम्प्युटर

अघिल्लो समाचार

मेचीनगरमा प्याब्सन–एन प्याब्सनको ज्ञापनपत्र

Related Posts

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए
banner

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए

बैशाख २५, २०८३, २:३७ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सर्वोच्चले भन्यो–‘सुकुम्वासी बस्ती नहटाउ’

बैशाख २५, २०८३, १:५२ .शुक्रबार
हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल
banner -1

हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल

बैशाख २४, २०८३, ४:२२ .बिहिबार
काँकरभिट्टा बजारका ८ वटा पसलमा आज पनि अनुगमन
banner -1

काँकरभिट्टा बजारका ८ वटा पसलमा आज पनि अनुगमन

बैशाख २४, २०८३, ३:०२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.